नेविसंघले स्वतन्त्र समूहलाई आधिकारिक भनेपछि पद्मकन्यामा चर्कियो विवाद  « Khabarhub

नेविसंघले स्वतन्त्र समूहलाई आधिकारिक भनेपछि पद्मकन्यामा चर्कियो विवाद 


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पद्मकन्या बहुमुखी क्याम्पसमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ)मा विवाद चर्किएको छ । 

निर्वाचनका लागि स्वतन्त्रतर्फ मनोनयन दर्ता गरेको भुपेश्वरी ऐरलाई अध्यक्ष दुजाङ शेर्पाले आधिकारिक समर्थन गरेपछि पद्मकन्यामा नेविसंघमा विवाद चर्किएको हो । 

पद्मकन्यामा नेविसंघका तर्फबाट पूर्णिमाया परियारले र भुपेश्वरीले स्वतन्त्रतर्फ समूहसहित अध्यक्षमा उम्मेदवारी दिएका थिए । परियार स्ववियुको वर्तमान कार्यसमिति सदस्य र ऐर सचिव हुन् । दुवै नेविसंघमा आवद्ध छन् । 

पद्मकन्याको निर्वाचन समिति कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा परियारको प्यानललाई नेविसंघ र ऐरको प्यानललाई स्वतन्त्र समूह भनिएको छ । 

उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिसकेपछि नेविसंघ अध्यक्ष शेर्पाका नामबाट स्वतन्त्रतर्फ उम्मेदवारी दर्ता गरेकी ऐरलाई समर्थन गरेको पत्र सार्वजनिक भएको थियो । 

उक्त पत्र सार्वजनिक भएपछि पद्मकन्या स्ववियु अध्यक्ष ज्योति पनेरुले सामाजिक सञ्जाल फेसबुकमार्फत् स्वतन्त्र समूह दर्ता गरेका उम्मेदवार आधिकारिक हुनुको कारण सोधेकी छन् । 

‘भ्रमको खेती कति दिन सम्म । आधिकारिक हुन त पहिले दुई वा दुईभन्दा बढी नेविसंघको नाममा दर्ता वा उम्मेदवारी हुनुपर्यो नि । स्वतन्त्र समूह दर्ता गरेर उम्मेदवारचाँहि आधिकारिक कसरी भयो ?,’ प्रश्न गर्दै उनले लेखेकी छन्, ‘पद्मकन्यामा एउटा नेविसंघ छ र टिम पनि एउटै लड्दै छ ।’

यसअघि नेविसंघ अध्यक्ष शेर्पाको नाममा सार्वजनिक भएको पत्रमा ऐरको नेतृत्वमा दर्ता भएको समूह आधिकारिक भएको उल्लेख थियो ।

‘नेविसंघको आधिकारिक समर्थन श्री भुपी ऐर नेतृत्वमा दर्ता गरिएको प्यानललाई रहेको प्रष्ट पार्दछु,’ पत्रमा लेखिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ५ : ३५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार