अमेरिकामा आएको आँधीमा ४० जनाको मृत्यु « Khabarhub

अमेरिकामा आएको आँधीमा ४० जनाको मृत्यु


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले कम्तीमा ४० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रभावित क्षेत्रका स्थानीय समाचार च्यानलहरूले घरहरूको छत च्यातिएको, रुखहरू ढलेका र तीव्र हावाले ट्रकहरू पल्टिएको भिडियो देखाएका छन् ।

कान्सासमा ‘गम्भीर धुलोको आँधी’ को समयमा कम दृश्यतामा कारण ५० भन्दा बढी सवारी साधन समावेश भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

ओक्लाहोमामा राज्यभरि जंगली आगो र तीव्र हावा चल्दा चार जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन विभागले जनाएको छ ।

‘हामी दक्षिण र मध्यपश्चिमका धेरै राज्यलाई असर गरेको गम्भीर आँधीबेहरी र तूफानलाई सक्रिय रूपमा निगरानी गरिरहेका छौँ’, राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा आइतबार पोस्ट गरे ।

अर्कान्सासमा नेसनल गार्ड सेना तैनाथ गरिएको उनले बताए । त्यहाँ अधिकारीहरूले आँधीमा तीन जनाको मृत्यु भएको र ३२ जना घाइते भएको बताएका छन् ।

‘क्षति ठूलो छ’, मिसौरीका गभर्नर माइक केहोले त्यस राज्यका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूको भ्रमण गरेपछि एक विज्ञप्तिमा भन्नुभयो, ‘घर र व्यवसायहरू ध्वस्त भएका छन्, सम्पूर्ण समुदायहरू बिजुलीविहीन छन् र पुनःप्राप्तिको बाटो सजिलो हुनेछैन ।’

यसअघि मिसौरी स्टेट हाईवे गस्तीले आँधीबेहरीसँग सम्बन्धित १२ जनाको मृत्युको पुष्टि गरेको थियो र मौसमले विनाश गरेको मरिनामा एक अर्कामाथि थुप्रिएका डुङ्गाहरूका तस्बिरहरू साझा गरेको थियो ।

टेक्सासमा स्थानीय अधिकारीहरूले धुलोको आँधी र आगोका कारण सडकमा दृश्यता कम भएका कारण सवारी दुर्घटनाहरूमा चार जनाको मृत्यु भएको बताएका छन् ।

नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार संयुक्त राज्य अमेरिकामा गत वर्ष लगभग एक हजार आठ सय आँधीसहित दोस्रो सबैभन्दा धेरै बबन्डर देखिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ६ : ४२ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग