‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटी छिर्न सक्छन्’ « Khabarhub

‘पूर्वराजा ज्ञानेन्द्र शाह टिकट काटेर नारायणहिटी छिर्न सक्छन्’


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजावादीहरूको गतिविधिले आफूहरू कति पनि नआत्तिएको बताएका छन् ।

सोमबार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खतिवडाले अब यो देशमा ज्ञानेन्द्र शाह, उनका सन्तान वा अरु कोही पनि राजा बन्ने र राजसंस्था फर्किने सम्भावना नरहेको बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले टिकट काटेर नारायणहिटी दरबार संग्रहलायमा छिर्न पाउने बताएका छन्। उनले बाहिर कुनै सुनारेलाई बनाउन लगाएर श्रीपेच पनि लगाउन पाउने बाटो रहेको बताए । तर ज्ञानेन्द्र फेरि राजा कहिले नबन्ने उनले बताए ।

निरङ्कुश र वंशवादी राजतन्त्रविरुद्ध जनताको चेतना कति सवल छ भन्ने कुरा देखाउन आगामी चैत १५ गते जनप्रदर्शनको आयोजना गरिएको उनले बताए । उक्त जनप्रदर्शनमा देशभरबाट एक लाखभन्दा बढी मानिस काठमाडौं आउने उनले गरे ।

‘हामी पटक्कै डराएका छैनौँ । राजावादीहरूले अहिले सडक हाम्रो हो, दलसँग जनता छैनन्, एक्लै परे, हामी जित्दैछौं भनेर प्रचारबाजी गरिरहेका छन् । तिमीहरू हार्दैछौँ, तिमीहरू नौटंकी गर्दैछौ । तिमीहरूको कालो कर्तुत र निरङ्कुश इतिहास सबै कुरा हामीलाई थाहा छ, उनले भने,‘तिम् विरुद्मा जनताको गणतन्त्रको चेतना कति सवल छ भनेर एकचोटी सानो झल्को देखाइदिऊँ । बाँकी रहे धेरै कुरा गरौँला । यो मुलुकमा न राजतन्त्र आउँछ, न राजसंस्था फर्किन्छ । ज्ञानेन्द्र नारायणहिटीमा टिकट काटेर पस्न सक्छन् । सुनारलाई बनाउन लगाएर, श्रीपेच पनि लगाउन सक्छन् । उनलाई नारायणहिटी जानलाई रोकटोक छैन ।’

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ९ : ३४ बजे

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो