कुनै काम थाल्नुअघि यी कुरा मनन गरे सफलता पक्का « Khabarhub

कुनै काम थाल्नुअघि यी कुरा मनन गरे सफलता पक्का


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जोखिम बहन गर्न सबैलाई कठिन लाग्छ । अझ कुनै नया“ काम गर्दा त्यसको जोखिम सोचेर त्यसबाट फाइदा हुन्छ कि हुँदैन वा सफलता पाइन्छ कि पाइदैन भनेर चिन्ता लिने गर्दछौ ।

यसरी नया काम थाल्नु अघि के के बिषयमा विचार पुर्याउनु पर्छ त्यसको ज्ञान नहुनाले कतिपय अवस्थामा मानिस असफल बन्न पुग्छ । हामीले यहाँ केही टिप्सहरु प्रस्तुत गरेका छौं, यदि यी कुराहरुमा विचार गरीयो भने मानिसहरु सफल हुन सक्छन् ।

सोच्नै पर्ने बिषय

यदि कोही मानिस नया“ काम थाल्दैछ, उसले त्यसका बिषयमा राम्ररी सोच्नु पर्दछ । कतिपय अवस्थामा काम थाल्नु अघि यी बिषयलाई मज्जाले सोच्न आवश्यक हुन्छ । १. काम थाल्ने स्थान र समय । २. आफ्नो लगानि । ३. साथ दिने आफन्त र सर्मथकहरु ।

आफ्नो क्षमताको मापन

कुनै पनि काम थाल्नु पुर्व आफ्नो क्ष्ँमता कतिको छ त्यसमा विचार गर्नुपर्दछ । क्षमता बाहिरको काम नथाल्नु नै वेस हुन्छ । अझ आफुले गर्न नसक्ने भए र अरुको भरमा पर्ने काम भए त्यसमा अझ बढि सचेत हुनुपर्छ । अन्यथा काम थालेको केहि समयभित्रै तपाईं असफल बन्ने खतरा हुन्छ ।

बोलिमा नियन्त्रण

कुनै पनि काममा सफलता पाउन आफु कम बोल्ने र अरुको कुरा सुन्ने गर्नुपर्छ । त्यसो गर्नाले तपाईको काम प्रति अरुको के धारणा छ त्यो थाहा पाउन सकिन्छ । साथै कोहिसंग रीसाउने वा चिढिने काम गर्नुहुदैन । हरेक काममा मीठो बोलीले मात्र तपाइलाई सफल बनाउन सक्छ ।

सबैसंग मित्रवत ब्यवहार

कुनै काममा सफल हुन मानिसले आफन्त, साथिभाई, छरछिमेकलाई आवश्वकता अनुसारको उचित ब्यवहार गर्नुपर्छ । यहासम्मकी दुस्मनलाई समेत आफ्नो बनाउने खुबि राख्नुपर्दछ । यसो गर्नाले तपाईका विरोधीबाट हुने अवरोध कम हुन्छ, र काममा सहजै सफलता पाउन सकिन्छ ।

स्वास्थ्यको उचित हेरचाह

मानिसको सबैभन्दा ठुलो सम्पति भनेको उसको स्वास्थ्य नै हो । स्वास्थ्य मानिस मात्र कुने पनि काममा उर्जावान् भएर काम गर्न सक्छन् । तसर्थ कुनै पनि नया काम थाल्नु पूर्व आफ्नो स्वास्थ्यको बारेमा चिन्ता लिनु जरुरी छ ।

गोप्य कुरा नखोल्ने

हरेक मानिसको काम गर्ने शैली फरक फरक हुन्छ । त्यसलै काम थाल्दा तपाइले बनाउनु भएको योजना वा काम गर्ने शैलीलाई सकेसम्म गोप्य राख्नु पर्दछ । आफ्नो योजनालाई हतपत अरुको सामु खोल्नु उपयुक्त हुदैन । यसमा विशेष ध्यान दिनुहोला ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ३ : २४ बजे

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई

मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

काठमाडौं–  नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर

जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको