कुनै काम थाल्नुअघि यी कुरा मनन गरे सफलता पक्का « Khabarhub

कुनै काम थाल्नुअघि यी कुरा मनन गरे सफलता पक्का


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जोखिम बहन गर्न सबैलाई कठिन लाग्छ । अझ कुनै नया“ काम गर्दा त्यसको जोखिम सोचेर त्यसबाट फाइदा हुन्छ कि हुँदैन वा सफलता पाइन्छ कि पाइदैन भनेर चिन्ता लिने गर्दछौ ।

यसरी नया काम थाल्नु अघि के के बिषयमा विचार पुर्याउनु पर्छ त्यसको ज्ञान नहुनाले कतिपय अवस्थामा मानिस असफल बन्न पुग्छ । हामीले यहाँ केही टिप्सहरु प्रस्तुत गरेका छौं, यदि यी कुराहरुमा विचार गरीयो भने मानिसहरु सफल हुन सक्छन् ।

सोच्नै पर्ने बिषय

यदि कोही मानिस नया“ काम थाल्दैछ, उसले त्यसका बिषयमा राम्ररी सोच्नु पर्दछ । कतिपय अवस्थामा काम थाल्नु अघि यी बिषयलाई मज्जाले सोच्न आवश्यक हुन्छ । १. काम थाल्ने स्थान र समय । २. आफ्नो लगानि । ३. साथ दिने आफन्त र सर्मथकहरु ।

आफ्नो क्षमताको मापन

कुनै पनि काम थाल्नु पुर्व आफ्नो क्ष्ँमता कतिको छ त्यसमा विचार गर्नुपर्दछ । क्षमता बाहिरको काम नथाल्नु नै वेस हुन्छ । अझ आफुले गर्न नसक्ने भए र अरुको भरमा पर्ने काम भए त्यसमा अझ बढि सचेत हुनुपर्छ । अन्यथा काम थालेको केहि समयभित्रै तपाईं असफल बन्ने खतरा हुन्छ ।

बोलिमा नियन्त्रण

कुनै पनि काममा सफलता पाउन आफु कम बोल्ने र अरुको कुरा सुन्ने गर्नुपर्छ । त्यसो गर्नाले तपाईको काम प्रति अरुको के धारणा छ त्यो थाहा पाउन सकिन्छ । साथै कोहिसंग रीसाउने वा चिढिने काम गर्नुहुदैन । हरेक काममा मीठो बोलीले मात्र तपाइलाई सफल बनाउन सक्छ ।

सबैसंग मित्रवत ब्यवहार

कुनै काममा सफल हुन मानिसले आफन्त, साथिभाई, छरछिमेकलाई आवश्वकता अनुसारको उचित ब्यवहार गर्नुपर्छ । यहासम्मकी दुस्मनलाई समेत आफ्नो बनाउने खुबि राख्नुपर्दछ । यसो गर्नाले तपाईका विरोधीबाट हुने अवरोध कम हुन्छ, र काममा सहजै सफलता पाउन सकिन्छ ।

स्वास्थ्यको उचित हेरचाह

मानिसको सबैभन्दा ठुलो सम्पति भनेको उसको स्वास्थ्य नै हो । स्वास्थ्य मानिस मात्र कुने पनि काममा उर्जावान् भएर काम गर्न सक्छन् । तसर्थ कुनै पनि नया काम थाल्नु पूर्व आफ्नो स्वास्थ्यको बारेमा चिन्ता लिनु जरुरी छ ।

गोप्य कुरा नखोल्ने

हरेक मानिसको काम गर्ने शैली फरक फरक हुन्छ । त्यसलै काम थाल्दा तपाइले बनाउनु भएको योजना वा काम गर्ने शैलीलाई सकेसम्म गोप्य राख्नु पर्दछ । आफ्नो योजनालाई हतपत अरुको सामु खोल्नु उपयुक्त हुदैन । यसमा विशेष ध्यान दिनुहोला ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ३ : २४ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन