कोशीमा टीएएन र केनेक्ट किसानबीच छलफल : चियाको अन्तर्राष्ट्रिय प्रवर्धनमा जोड « Khabarhub

कोशीमा टीएएन र केनेक्ट किसानबीच छलफल : चियाको अन्तर्राष्ट्रिय प्रवर्धनमा जोड


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको उद्योग, कृषि र सहकारी मन्त्रालयमा टी एलायन्स अफ नेपाल र  केनेक्ट किसानबीचको बैठक सम्पन्न भएको छ ।  नेपालको अर्थोडक्स र विशेष चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्नका लागि रणनीतिमा छलफल भएको हो ।

बैठकमा कोशी प्रदेशका उद्योग, कृषि र सहकारीमन्त्री खगेनसिं हाङगाम, प्रदेश सचिव डा. शरण कुमार पाण्डे, कनेक्ट किसानका  निर्देशक राजन दाहाल र टी एलायन्स अफ नेपालका उपाध्यक्ष जीवन न्यौपाने लगायतका प्रमुख व्यक्तिहरू उपस्थित रहेको थियो ।

बैठकमा चियाको गुणस्तर, उत्पादन प्रविधि र बजार पहिचानका बारेमा विशेष ध्यान दिइएको थियो । नेपालका उत्कृष्ट चियाको विश्वव्यापी बजार विस्तार र चिया किसानहरूको सशक्तीकरणलाई प्रवर्धन गर्ने प्रमुख उद्देश्यका साथ विभिन्न रणनीतिहरू प्रस्ताव गरिएको थियो ।

टी एलायन्स अफ नेपाल र  कनेक्ट किसानको संयुक्त प्रयासले नेपालको चिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा मजबुत बनाउन र चिया किसानहरूको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने आशा गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : ५० बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा