कुसाङको ट्रकबाट बरामद सबै रकम अमेरिकी डलर र युरो मात्रै | Khabarhub Khabarhub

कुसाङको ट्रकबाट बरामद सबै रकम अमेरिकी डलर र युरो मात्रै


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको टोखा नगरपालिका-२ झोरस्थित सडकमा गुडिरहेको ना. ७ ख १६५२ नम्बरको ट्रकबाट बरामद भएको सबै रकम अमेरिकी डल र युरो रहेको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार बरामद सबै रकम युरो र अमेरिकी डलर पाइएका हुन् । उनकाअनुसार बरामद भएको रकम नेपली रुपैयाँमा २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुन आउँछ ।

उनका अनुसार विभिन्न व्यक्तिले ठूलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्रा राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गरेको सूचनाका आधारमा उक्त रकम बरामद भएको हो । प्रहरीले कुसाङको साथबाट दुई थान मोबाइल फोन पनि बरामद भएको जनाएको छ ।

सोमबार मध्यराति ११ बजेको समयमा उक्त मालबाहक ट्रक नियन्त्रणमा लिई खानतलासी गर्दा त्यो रकम बरामद भएको हो । आचार्यकाअनुसार उक्त ट्रकको ‘बोनट’ ड्राइभर बस्ने कोठाको ( क्याबिनको बायाँतर्फ) माथिल्लो भागमा फल्स बटम बनाई लुकाएको अमेरीकी डलर, युरो लगायतका मुद्रा फेला परेपछि चालक सिन्धुाल्चोकको भोटेकोशी गाउँपालिका-१ निवासी ४३ वर्षीय कुसाङ लामा पक्राउ परेका हुन् । उक्त ट्रक पनि अपराध अनुसन्धान कार्यालयमा ल्याइएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ मा बस्ने उनी २०७३ पुस १३ गते रसुवागढी नाकाबाटै ल्याएको ७ केजी सुनसहित कलंकीबाट पक्राउ परी ५ वर्ष सजाय काटेर २०७८ सालमा रिहा भएका थिए ।

बरामद रकम

१. अमेरिकी डलर -१०० दरका नोटहरू ३,११९ (तीन हजार एक सय उन्नाइस थान)
२. अमेरीकी डलर -५० दरका नोटहरू १७९ (एक सय उनासी थान)
३. युरो – ५०० दरका थान ११ (एघार थान)
४. युरो – २०० दरका थान ४८० (चार सय असी थान)
५. युरो – १०० दरका थान ४१४८ (चार हजार एक सय अड्चालिस थान)
६. युरो – ५० दरका थान १७१७७ (सत्र हजार एक सय सतहत्तर थान)

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ३ : १६ बजे

हायु परिवारको रित्तो घरमा रोइरहेछ कुकुर, भैंसीबाख्रा पनि अलपत्र

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका

सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६

सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान 

दोलखा– भनिन्छ दशा बाजा बजाएर आउँदैन आखिर त्यस्तै भएको छ

जनशक्ति अभावले एक्स-रे मेसिन प्रयोगविहीन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा जनशक्ति अभावका कारण

हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी