नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गण्डकी सरकारको प्रतिबद्धता  « Khabarhub

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गण्डकी सरकारको प्रतिबद्धता 


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले हरेक नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको प्रयासमा चिकित्सकलगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताए । 

स्थानीय तहसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको र भविष्यमा पनि स्रोत र साधनले भ्याएसम्म प्रदेशका स्वास्थ्य संस्थालाई उपकरण प्रदान गर्ने बताउँदै हाललाई एक थान शल्यक्रिया मेसिन प्रदान गरिएको बताए ।

२०७९ मंसिर १ गतेदेखि सञ्चालनमा आएको आँबुखैरेनी स्वास्थ्यचौकी १५ शय्याको अस्पतालमा रूपान्तरण भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ४ : १३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना