विद्युत् सर्ट भई आगलागी हुँदा करोडौँको क्षति « Khabarhub

विद्युत् सर्ट भई आगलागी हुँदा करोडौँको क्षति


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित कल्याण चोकमा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ ।  

स्थानीय सरन राईको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो । 

मंगलबार दिउसो अन्दाजी २ बजे तिर अचानक विद्युत् सर्ट भएर सरन राईको घरबाट सुरु भएको आगोले स्थानीय कालुमान राई र सर्वधन राईको समेत घर पूर्णरुपले जलेर नष्ट भएको हो । 

सिमेन्ट, काठ र टिनले बनेको दुई तले तीन वटा घर जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । 

आगलागी बाट घर पूर्णतः जलेर नष्ट भएको छ भने घर भित्रका सर–सामान समेत निकाल्न नसकिएको स्थानीयले बताएका छन् ।

चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय, नेपाल प्रहरी सशस्त्र प्रहरी, नगर प्रहरीले झन्डै अढाई घण्टा पछि आगो नियन्त्रण लिइएको थियो । 

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ४३ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा