ट्रम्पका सुरक्षा निर्देशकलाई भेटिन् परराष्ट्रमन्त्रीले, विपिन रिहाईको पहल गरिदिन आग्रह « Khabarhub

ट्रम्पका सुरक्षा निर्देशकलाई भेटिन् परराष्ट्रमन्त्रीले, विपिन रिहाईको पहल गरिदिन आग्रह


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकाको दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग इजरायलमा अपहरणमा परेका नेपाली युवा विपीन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेकी छन् ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायकसमेत रहेका वरिष्ठ निर्देशक गिलसँग भारतको नयाँ दिल्लीमा मंगलबार भएको भेटवार्तामा उनले अध्ययनका लागि इजरायल गएका विपीनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी हुन् । 

भारतको विदेश मन्त्रालयद्वारा आयोजित राइसिना डायलगका क्रममा भएको ‘साइड लाइन’  भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विषयमा कुराकानी भएको र हमासको नियन्त्रणमा रहेका विपीनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिएको राणाको सचिवालयले जनाएको छ । 

इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपीनलाई सन् २०२३ को अक्टोबरमा हमास समूहले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए । उनको रिहाईका लागि सरकारले कूटनीतिक पहल जारी राखेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : २७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा