विकास योजनालाई समयमै सम्पन्न गर्न पूर्वमन्त्री शर्माको आग्रह | Khabarhub Khabarhub

विकास योजनालाई समयमै सम्पन्न गर्न पूर्वमन्त्री शर्माको आग्रह


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

दाङ – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास योजनालाई समयमै सक्न र गुणस्तरीयतालाई ध्यान दिन सम्बन्ध पक्षलाई आग्रह गरेकी छिन् ।

दाङ क्षेत्र नं २ मा सङ्घीय सरकारको बजेटबाट निर्माणाधीन विभिन्न विकास योजनाको अनुगमनका क्रममा आज उनले आफ्नो ठाउँको विकासका लागि स्थानीयावासीले योजना माग गरेजस्तै अब समयमै सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न पनि ध्यान दिनुपर्ने बताइन् ।

पूर्वमन्त्री शर्माले तुलसीपुर उपमहानगरपालिका क्षेत्रका योजनाको अनुगमन गरिन् । उपमहानगरपालिका–१८, १६ तथा घोराही उपमहानगरपालिका–९, १४ र १८ मा निर्माणाधीन सडक, घोराही १३ मा निर्माणाधीन भूपु सैनिक सङ्गठनको बहुउद्देश्यीय भवन र घोराही १८ मा निर्माणाधीन नेपाल मगर सङ्घको मगर सांस्कृतिक भवन र घोराही १४ झिंगौरास्थित हरियाली पार्ककोे पनि उनले अनुगमन गरिन् ।

यहाँ पर्यटन मन्त्रालयको बजेटबाट स्थानीय तहमार्फत रु ५३ लाखमा पर्खाल निर्माणक भइरहेको छ । पार्कभित्र निर्मित सहिदहरुको प्रतिमाको तीन वर्ष अघि अज्ञात व्यक्तिले तोडफोड गरेकाले यसको पनि पुनःनिर्माण गरिने छ ।

अनुगमनका क्रममा उनले सडक विभाग, सघन सहरी कार्यालयलगायत विकास योजना हेर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि र अधिकारी तथा स्थानीय उपभोक्तासँग छलफल गरेकी थिइन् ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ८ : ३४ बजे

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ

आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा

तनहुँ– आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ– पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी

विभाग सक्रिय भएपछि बढ्यो देउवाको सक्रियता, दिन बिराएर पुग्छन् सानेपा

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूमाथि लामो समयदेखि लाग्ने आरोपमध्येमा पर्छ– घरमै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक