पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित « Khabarhub

पृथ्वी नारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित


५ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

पोखरा – निर्वाचन समितिको सामान्य गल्तीका कारण पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ ।

आज बिहान ८ बजेबाट हुने भनिएको मतदान पतपत्रमा सामान्य त्रुटिका कारण हुन सकेको थिएन । निर्वाचन समितिले मंगलबार दिउँसो विज्ञप्ति निकालेर मतदान बुधबार हुने बताएको थियो ।

तर आज मंगलबार साँझ ७ बजे अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त प्यानलसहित निर्वाचन कार्यालयमा तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन अवरोध सिर्जना भएको छ।

निर्वाचन प्रक्रिया प्रभावित भएपछि सर्वपक्षीय छलफलको आधारमा नयाँ मिति तय गरिने निर्णय गरिएको छ। निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन्।

सम्बन्धित सबै विद्यार्थी तथा सरोकारवाला पक्षलाई यसबारे जानकारी गराउँदै क्याम्पस प्रशासनले आगामी निर्णयसम्म धैर्य राख्न अनुरोध गरेको छ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ९ : २० बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित