कृत्रिम बुद्धिमत्ताको लगानी वृद्धिसँगै निजी क्षेत्रको पूँजीगत खर्चमा उछाल | Khabarhub Khabarhub

कृत्रिम बुद्धिमत्ताको लगानी वृद्धिसँगै निजी क्षेत्रको पूँजीगत खर्चमा उछाल


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – डोइच बैंक रिसर्चका अनुसार, विश्वभर बढ्दो कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको माग ले निजी क्षेत्रलाई पूँजीगत खर्च वृद्धिको नेतृत्व गर्न प्रेरित गरेको छ।

अध्ययन अनुसार, २०औं शताब्दीसम्म सार्वजनिक क्षेत्रकै पूँजीगत लगानी हावी थियो, तर पछिल्लो दशकहरूमा सरकारको भूमिका घट्दै निजी क्षेत्रको लगानी बढ्दै गएको छ। विशेष गरी टेलिकम पूर्वाधार, फाइबर नेटवर्क, तथा एआईमा केन्द्रित डेटा सेन्टरहरूको विकास प्रमुख उदाहरणहरू हुन्।

एआई प्रविधिमा भइरहेको यो उच्च लगानीले उत्पादकत्वमा सुधार ल्याउने तथा वैश्विक अर्थतन्त्रलाई पुनःपरिभाषित गर्ने अपेक्षा गरिएको छ। यद्यपि, बैंकले चेतावनी दिएको छ कि निजी क्षेत्रको व्यापक लगानीले भविष्यमा अर्थतन्त्रमा चक्रिय उतारचढाव निम्त्याउन सक्छ।

बैंकका अनुसार, हालको लगानीको धेरै हिस्सा नाफाबाट वित्तपोषण गरिएको छ, जसले संभावित आर्थिक मन्दीमा वित्तीय संकटको जोखिम घटाउनेछ। तथापि, एआई स्टकहरूमा बढी निर्भरता तथा वेल्थइफेक्ट को कारण सम्भावित बजार गिरावटले लगानीकर्ताहरू र उपभोक्ता खर्चमा असर पुर्याउन सक्छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  २ : ५९ बजे

पार्टी स्थापना दिवस मनाउन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई

बसाइँसराइले रित्तिदै गाउँ

म्याग्दी – जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय

टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ