आज २०८१ साल चैत ६ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत ६ गते बुधबारको राशिफल


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत ६ गते बुधबार चैत कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मार्च १९ तारिख। विश्व मुख स्वास्थ्य दिवस तथा अन्तर्राष्ट्रिय खुशी दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले सहयोग गर्नेछन्। आम्दानीका क्षेत्र विस्तार हुनेछन्। व्यापारमा नाफा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सोचेको काम बन्नेछ। व्यापारमा नाफा कमाउने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। लगानीको अवसर प्राप्त भए अगाडि बढेमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मिथुन : दिन खराब छ। शिक्षाको क्षेत्रमा घाटा हुनेछ। राज्यको निगरानीमा रहने जोखिम छ। राम्रो काम गरे पनि तपाईंमाथि झुटा आरोप लाग्नेछ। परिवारबाटसमेत असहयोग हुने खतरा छ।

कर्कट : मन अशान्त बन्नेछ। सामान्य घर व्यवहारमासमेत तनाव बढ्नेछ। परिवारमा झन्झट आइपर्ने खतरा छ। साथीभाइसँग गरेको कारोबार डुब्ने जोखिम छ। घर व्यवहार र प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : दिन सामान्य छ। संयुक्त लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा घुम्ने अवसर मिल्नेछ। यात्रा गर्दा सचेत बन्नुपर्ने दिन छ। संयुक्त लगानीबाट मात्र फाइदा हुने भएकाले व्यापारमा सहकार्य आवश्यक देखिन्छ।

कन्या : दिन राम्रो छ। फसेको सम्पत्ति प्राप्त हुनेछ। सहकर्मीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। संकटमा सहयोग गर्ने व्यक्ति फेला पर्नेछन्। प्रेम सम्बन्ध नयाँ उचाइमा पुग्नेछ।

तुला : दिन सामान्य छ। जुनसुकै क्षेत्रमा ठुलो मिहिनेत गर्नुपर्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : आज दिन खराब छ। मन अशान्त बन्नेछ। तपाईंको योजना असफल बन्नेछ। सोचेका काम सबै अधुरै रहनेछन्। शिक्षाको क्षेत्रमा भने मिहिनेतको फल प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

धनु : दैनिकी सामान्य छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ। व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। स्वास्थ्य उपचारमा भए सामान्य सुधार देखिने छ। संकटमा साथीले साथ दिनेछन्।

मकर : दिन राम्रो छ। व्यापारमा नाफा हुने योग छ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : आजको लागि तपाईंको दिन खराब छ। व्यापारमा घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मनमा शान्त बन्नेछ।

मीन : दिन सामान्य छ। आम्दानी भन्दा खर्च बढ्ने छ। बोल्दा सचेत बन्नु उचित हुनेछ। संकटमा परिवारले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। नियमित काम भन्दा अरु नयाँ कामको सुरुवात नगर्नु उचित हुन्छ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ५ : ०३ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत