म्याग्दी क्याम्पस सभापतिमा नेविसंघ, सचिव र कोषाध्यक्षमा अनेरास्ववियु विजयी « Khabarhub

म्याग्दी क्याम्पस सभापतिमा नेविसंघ, सचिव र कोषाध्यक्षमा अनेरास्ववियु विजयी


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा मिश्रित परिणाम आएको छ। सभापति नेविसंघले जित्दा सचिव र कोषाध्यक्षमा अनेरास्ववियुले बाजी मारेको छ।

स्ववियु सभापतिमा नेविसंघका संगम चोखाल क्षेत्री विजयी भएका हुन्। उनले २८८ मत पाएका छन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका दिनेश खत्रीले १९२ मत ल्याउँदा अखिल (क्रान्तिकारी) का सन्दीप खत्रीले १७७ मत पाए।

सचिवमा अनेरास्ववियुका मञ्जुर कटुवाल क्षेत्री २८३ मतसहित विजयी भएका छन्। सचिवमा नेविसंघका प्रतिभा बानियाँले २२७ र अखिल (क्रान्तिकारी) कृष्ण सापकोटाले १४४ मत पाएका छन्।

कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारीे २५२ मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी नेविसंघकी यशु खत्रीले २३५ मत पाउँदा क्रान्तिकारीकी सुप्रेना किसानले १६२ मत पाइन्।

सदस्यमा नेविसंघका विशाल विक, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी र अनुपम श्रेष्ठ गरेर चार जना विजयी हुँदा अनेरास्ववियुका तर्फबाट अविजित शाही विजयी भए। ८२४ मतदाता रहेको उक्त क्याम्पसमा ६८६ मत खसेको थियो।

म्याग्दी क्याम्पस स्ववियु सभापति निर्वाचित संगम चोखाल क्षेत्री।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : २६ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको