५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन | Khabarhub Khabarhub

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङमा पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित ६ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

उनीहरुले बागलुङ नगरपालिका–४ स्थित डाँडाखेतमा बेलायती र सिङुगापुरको सेनामा भर्ती हुन चाहने युवाका लागि सुविधा सम्पन्न छात्रावाससहितको प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन् ।

प्रशिक्षण केन्द्रमा सन् २०२६ को भर्तीका लागि तालिम लिन चाहने युवाहरुलाई भर्ना गर्न सुरु गरिएको प्रशिक्षण केन्द्रका सचिव जङ्गबहादुर पुनले जानकारी दिए ।  

बागलुङ, म्याग्दी र पर्वतका युवाहरु बेलायत र सिङ्गापुरको लाहुरेमा भर्ती हुनका लागि पोखरा, बुटवललगायतका स्थानमा पुगेर तालिम लिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरुलाई नजिकै सेवा दिने उद्देश्यले तालिम केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।

जैमिनी नगरपालिका–३ दमेकका बेलायती सेनाका भुतपूर्व लाहुरे पुनले तीन वर्ष पहिलेबाट प्रशिक्षण केन्द्र निर्माण सुरु गरेको जानकारी दिए ।

डाँडाखेतमा ६ रोपनी जग्गा खरिद गरी निर्माण सुरु गरिएको तालिम केन्द्रमा एक सयजना युवाहरुलाई एक साथ राखेर तालिम प्रदान गर्न सकिने पुनको भनाइ छ ।

‘बागलुङ, म्याग्दी र पर्व क्षेत्रका धेरै युवाहरु लाहुरे बन्न बढी चासो देखाउँछन्, यस क्षेत्रका कुनै पनि प्रशिक्षण केन्द्र नहुँदा अहिले हामीहरुले सञ्चालनमा ल्याएका हौँ, हालसम्म तालिम केन्द्रमा साढे पाँच करोड रुपैयाँ लगानी भइसकेको छ,’ उनले भने ।

१८ वर्षदेखि २१ वर्ष उमेर समूहका युवाहरु सिङ्गापुर र बेलायती सेनामा भर्ती हुनका लागि योग्य हुने भए पनि तालिममा भने १६ वर्षपछिनै प्रवेश गर्न सकिने केन्द्रका कोषाध्यक्ष पूर्णबहादुर रानाले बताए ।

राना सिङ्गापुर पुलिसबाट अवकासप्राप्त व्यक्ति हुन् । अहिले काठेखोला गाउँपालिका–८ लेखानी स्थायी घर भएका पूर्णबहादुर श्रेष्ठ केन्द्रमा प्रशिक्षकका रुपमा खटिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ७ : ५८ बजे

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ

आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा

तनहुँ– आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ– पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी

विभाग सक्रिय भएपछि बढ्यो देउवाको सक्रियता, दिन बिराएर पुग्छन् सानेपा

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूमाथि लामो समयदेखि लाग्ने आरोपमध्येमा पर्छ– घरमै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक