यौन व्यवसायबारेको भनाइप्रति कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्‍मै मागे माफी « Khabarhub

यौन व्यवसायबारेको भनाइप्रति कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्‍मै मागे माफी


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदमा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै क्षमा याचना गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले यही चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमा याचना गरेका हुन् । उक्त दिन  प्रमुख सचेतक घिमिरेले  यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

उक्त अभिव्यक्ति आफूले प्रतिनिधित्व गरेको नेपाली कांग्रेस  र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट पारेका छन् । मेरा विचारले ‘सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उहाँहरूको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु’, सांसद घिमिरेले भनेका छन् ।

घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने धारणा राखेपछि सर्वत्र विरोध भएको थियो ।

चैत ३ को प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक घिमिरेले संसारमा सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेका थिए ।

‘निश्चित ठाउँहरू तोकेर मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउँछ, धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्’, उनले भनेका थिए, ‘एडभेञ्चरको पर्यटक थोरै मात्रामा हुन्छन्, सबैभन्दा बढी पर्यटक संसारमै हुने भनेको मनोरञ्जनका पर्यटक हो, त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ, त्यो कुरा उठाइदिएको भए क्या काइदा हुने थियो विपक्षले ।’

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १२ : ०५ बजे

खहरे खोलाको पहिरो अध्ययन गर्न विज्ञ बोलाइने

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डको खहरे खोलामा एकाएक पहिरो झरेपछि अध्ययनका लागि

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार