नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन स्थगित, नयाँ मिति तय « Khabarhub

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन स्थगित, नयाँ मिति तय


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– निजामती कर्मचारीहरूको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन स्थगित भएको छ । 

मञ्चले परिपत्र जारी गर्दै पूर्वनिर्धारित मिति २०८१ चैत ७–९ गतेका लागि तय गरिएको महाधिवेशन आन्तरिक व्यवस्थापन तथा जिल्ला र विभागीय अधिवेशनहरू पूरा नभएको कारण सारिएको जनाएको छ ।

मञ्चका अनुसार, अब महाधिवेशन २०८२ वैशाख ५–७ गते जनकपुरधाममै सम्पन्न गरिने छ। आवश्यक तयारी पूरा गर्दै निर्धारित नयाँ मितिमा सफलतापूर्वक महाधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको मञ्चले जनाएको छ ।

मधेशी निजामती कर्मचारीहरूको हक, हित तथा अधिकारका लागि क्रियाशील यस मञ्चको महाधिवेशनमा संगठनको भावी नेतृत्व चयन, नीति निर्माण तथा रणनीतिक योजनाहरू तय गरिनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ५१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा