नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन स्थगित, नयाँ मिति तय « Khabarhub

नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन स्थगित, नयाँ मिति तय


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– निजामती कर्मचारीहरूको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशन स्थगित भएको छ । 

मञ्चले परिपत्र जारी गर्दै पूर्वनिर्धारित मिति २०८१ चैत ७–९ गतेका लागि तय गरिएको महाधिवेशन आन्तरिक व्यवस्थापन तथा जिल्ला र विभागीय अधिवेशनहरू पूरा नभएको कारण सारिएको जनाएको छ ।

मञ्चका अनुसार, अब महाधिवेशन २०८२ वैशाख ५–७ गते जनकपुरधाममै सम्पन्न गरिने छ। आवश्यक तयारी पूरा गर्दै निर्धारित नयाँ मितिमा सफलतापूर्वक महाधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको मञ्चले जनाएको छ ।

मधेशी निजामती कर्मचारीहरूको हक, हित तथा अधिकारका लागि क्रियाशील यस मञ्चको महाधिवेशनमा संगठनको भावी नेतृत्व चयन, नीति निर्माण तथा रणनीतिक योजनाहरू तय गरिनेछ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १ : ५१ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं