यस्तो देखियो सुरुङमार्गसँग जोडिने बलम्बुको फ्लाइओभर (तस्बिरहरू) « Khabarhub

यस्तो देखियो सुरुङमार्गसँग जोडिने बलम्बुको फ्लाइओभर (तस्बिरहरू)


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी काठमाडौं भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरूका लागि नागढुंगा सिस्नेखोला सुरुङमार्गले सहज हुने भएको छ । अहिले बलम्बुमा सुरूङमार्गसँग जोडिने फ्लाई ओभरले अन्तिम रुप पाउँदैछ

नागढुङ्गा–थानकोट सडकखण्डमा घण्टौँसम्म जाममा पर्ने समस्या समाधानका लागि सुरुङ मार्गको निर्माण गरिएको हो । 

यो सुरुङमार्गको आपातकालीन र मुख्य सुरुङ ब्रेक थ्रु भइसके पनि हाल त्यस क्षेत्रका स्थानीयहरूले विभिन्न माग राख्दै निर्माण सम्पन्न गर्न नदिन अवरोध गरिरहेका छन् ।
   
यो आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम भइरहेको आयोजनाले जनाएको छ ।

यो सुरुङमार्ग बनाउन २०७६ असोज ६ गते जापानी कम्पनी हाज्मा-आन्दो र सरकारबीच सहमति भएको थियो । धादिङतर्फको जग्गा समस्या, स्थानीय अवरोध, कोरोना लगायतको कारण निर्माणमा ढिलाइ भएको थियो । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  २ : ५४ बजे

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ