सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत | Khabarhub Khabarhub

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
 
बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
  
सभामुख देवराज घिमिरेले उक्त विधेयक दफाबार छलफलका लागि सम्बन्धित समिति पठाउन सर्वसम्मति स्वीकृत भएको घोषणा गरे । 

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : ०४ बजे

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

गौर घटनाका सन्दर्भमा अध्ययन गर्न बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको

नेपालले दियो होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा

प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन्

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सरकारी प्रयोगशालामा ‘रिपोर्ट भेन्डिङ मेसिन’को सेवा, रिपोर्ट आफैं निकाल्न सकिने 

नेपालमै पहिलो पटक डिजिटल पीसीआर मेसिन तथा रिपोर्ट भेण्डिङ मेसिन