समावेशी र समानुपातिक व्यवस्थासहित अहिलेको संविधान राम्रो : देउवा | Khabarhub Khabarhub

समावेशी र समानुपातिक व्यवस्थासहित अहिलेको संविधान राम्रो : देउवा


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलेको संविधान निकै राम्रो रहेको बताएका छन् ।  

नेपाल डेमोक्रेट्रिक लयर्स एशोसियसन र पेशागत बुद्धिजीवी विभागले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको भन्दै समावेशी र समानुपातिक व्यवस्थासहितको अहिलेको संविधान निकै राम्रो रहेको बताएका हुन् ।

उनले अहिलेको प्रणालीले कुनै पनि दलको बहुमत आउन कठिन भएकाले यसलाई बुझेर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने धारणा राखे । पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा अहिलेको कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उनको भनाइ छ ।

त्यस्तै सभापति देउवाले संविधानमा महिलालाई दिएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागिता हुने मौका मिलेको बताए । 

कार्यक्रममा संविधान संशोधनका विषयमा प्रदेशस्तरीय अन्तर्क्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरिएको थियो । 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : ३० बजे

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार)देखि

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ