संविधानले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिवद्ध | Khabarhub Khabarhub

संविधानले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिवद्ध


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्कँदै जाँदा नेपाली सेनालाई पनि चर्चा र विवादमा ल्याउन थालिएपछि जंगी अड्डाले मुख खोलेको छ । नेपाली सेनाले वर्तमान संविधानप्रति प्रतिवद्धतासमेत जनाएको छ ।

‘नेपाली सेनाको अनुरोध’ शीर्षकमा नेपाली सेनाका तर्फबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’

राजनीतिक विवादमा सेनालाई मुछ्न खोजिएको गुनासो गर्दै सेनाले भनेको छ, ‘विगत केही दिनयता विभिन्न
सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीका टिप्पणी, धारणा र
विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार
सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक गर्दै
आएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तसर्थ, नेपाली सेनासम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ ।’

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : ५४ बजे

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग