तालिवानले भन्यो- अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न | Khabarhub Khabarhub

तालिवानले भन्यो- अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा तालिबानले कब्जा गरेदेखि नै महिला अधिकारका बारेमा विश्वभर चिन्ता व्यक्त भइरहेको छ । 

पश्चिमी देशहरूको सबै आलोचनाको बाबजुद तालिवान सरकारले एकपछि अर्को आदेश जारी गरिरहेको छ। यसअघि महिलालाई समाचार एङ्करिङ र रिपोर्टिङबाट हटाइएको थियो भने अब नयाँ आदेशमा रेडियोबाट पनि महिलालाई हटाइएको छ । अब अफगानिस्तानको रेडियोमा महिलाको आवाज सुनिने छैन ।

अफगानिस्तान पत्रकार केन्द्रका अनुसार तालिबानले कान्दाहारमा नयाँ मिडिया प्रतिबन्ध लगाएको हो। तालिवानको सूचना तथा संस्कृति निर्देशनालयले जारी गरेको निर्देशन अनुसार रेडियोमा महिलाको आवाज प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ । यस बाहेक तालिबानले धेरै निर्देशन दिएको छ, जसलाई रेडियो स्टेशनहरूले पालना गर्नुपर्नेछ।

निर्देशनले सबै रेडियो स्टेशनहरूलाई तालिवान नेता हिबतुल्लाह अखुन्दजादालाई ‘सम्मानित अमीर अल–मुमिनिन, अल्लाहले रक्षा गरून्’ भनेर उल्लेख गर्न पनि आदेश दिएको छ। यसबाहेक, सञ्चारमाध्यमहरूले तालिवान सरकारलाई ‘इस्लामिक इमिरेट्स’ भनेर सम्बोधन गर्नुपर्नेछ।

यसबाहेक नयाँ अध्यादेशमा धेरै प्रकारका विज्ञापनमा प्रतिबन्ध लगाइएको छ । औषधि, कस्मेटिक उत्पादन र स्वास्थ्य सेवाहरूको विज्ञापन सार्वजनिक स्वास्थ्य निर्देशनालयले आधिकारिक रूपमा अनुमोदन नगरेसम्म प्रतिबन्ध लगाइएको छ। 

यसबाहेक रिपोर्टिङ वा कार्यक्रमका लागि कान्दाहार जाने रेडियोका कर्मचारीले पनि सूचना तथा संस्कृति निर्देशनालयबाट अनुमति लिनुपर्नेछ ।

अफगानिस्तान पत्रकार केन्द्रले यसको विरोध गरेको छ । 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ५ : ३२ बजे

एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई)धैर्यताका

एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

काठमाडाैं – बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९

पर्यटनमन्त्री पाण्डे चारदेशको भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी,

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड

निजगढ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

आगलागीबाट ७७ लाख बढीको क्षति

खोटाङ – यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको