सेतो मछिन्द्रनाथको आसन बनाउन भारतको २४ किलो चाँदी सहयोग  | Khabarhub Khabarhub

सेतो मछिन्द्रनाथको आसन बनाउन भारतको २४ किलो चाँदी सहयोग 


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुननिर्माणको क्रममा रहेको सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि भारतीय दूतावासकातर्फबाट २४ किलो चाँदी आज हस्तान्तरण गरिएको छ । 

दूतावासका तर्फबाट काउन्सिलर अविनाश सिंहले चाँदी हस्तान्तरण गरेका हुन् । २४ किलो चाँदीको लागि भारत सरकारले ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । भारत सरकारले उपलब्ध गराएको सो रकमले राष्ट्र बैंकबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाईले चाँदी खरिद गरेको थियो । 

२०७२ सालमा आएको भूकम्पले क्षति पुर्‍याएको सो पुरातात्त्विक महत्वको मन्दिरको भारत सरकारकै सहयोगमा पुननिर्माणको काम भइरहेको छ । 

पुननिर्माणको समयमा लागत अनुमान गर्दा चाँदीको आसनको कार्य समावेश नभएपछि पुनः भारत सरकारलाई नै चाँदीका लागि आग्रह गरिएको थियो । 

शहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले ६ करोड २६ लाख लागतमा पुरातत्त्व विभागबाट स्वीकृत मास्टर प्लान र डिजाइनअनुसार मन्दिर प्रबलीकरणको ७५ प्रतिशत काम सकिएको बताएको छ । 

शहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख प्रकाश आर्यालले भवन प्रबलीकरण र सेतो मछिन्द्रनाथको आसन निर्माणका लागि चाँदी उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिँदै यसले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : ०४ बजे

कांग्रेस र एमालेले किन आकस्मिक रुपमा सांसदलाई सिंहदरबार बोलाए ?

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता नेकपा

डेङ्गु संक्रमण बढेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

खोटाङ– डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट

१२ वर्षमा गायन यात्रा सुरु गरेकी एन्जिला (भिडियो वार्ता)

काठमाडौं – एन्जिला रेग्मी नेपाली संगीतको चम्किलो नक्षत्र हुन्, जसको

करेन्ट लागेर एक वर्षमा १५ जनाको मृत्यु

झापा– झापाको ग्रामीण क्षेत्रमा विद्युतको असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह

लगानीकर्ताका लागि उत्तम समय : कर्जामा पाँच वर्षयताकै सस्तो ब्याज

काठमाडौं – नेपालको बैंकिङ क्षेत्रबाट प्रवाहित हुने कर्जाको ब्याजदर पाँच