बच्चामा नाचिरहेको गीतमा नाच्न पाएँ: साम्राज्ञी « Khabarhub

बच्चामा नाचिरहेको गीतमा नाच्न पाएँ: साम्राज्ञी


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्राय: हट अवतारमा देखिने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह शुक्रबार चलचित्र ‘रातो टीका निधारमा’ को गीत रिलिज कार्यक्रममा सारीमा सजिएर उपस्थित भइन् । सारीमा आफूलाई सुहाएझैं लागे पनि उनी सारी लगाएर हिँड्न भने असहज मान्छिन् ।

चलचित्रको शीर्ष गीतमा निर्देशक अशोक शर्माका छोरा अकिंत खड्कासँग कम्मर मर्काएकी साम्राज्ञीले शुक्रबार कार्यक्रममा बोल्दै आफू परम्परागत गीतमा नाच्न पाउँदा रमाइलो लागेको बताइन् । कार्यक्रममा बोल्दै साम्राज्ञीले यो गीतमा आफू नाच्दा सानोमा नाचेझैँ गरी अहिले पनि नाचेको धारणा राखिन् ।

‘रातो टीका भन्दै बच्चामा नाच्थेँ, बच्चामा मन परेको गीतमा आफै नाच्न पाउँदा खुशी लाग्यो,’ साम्राज्ञीले भनिन् । सानोमा परिवारका साथ गीतमा नाचेझैँ गरी आफू नाचेको उनको भनाइ थियो ।

‘रातो टीका निधारमा’ लाई अशोक शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा नीता ढुंगाना, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, शिवहरि पौडेल, बुद्धि तामाङ, जयनन्द लामा, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

साथै यो चलचित्र दशैँको अवसर पारेर आउँदो मंसिर १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै