संवैधानिक निकायमा नियुक्तिको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ नयाँ वर्षमा  « Khabarhub

संवैधानिक निकायमा नियुक्तिको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ नयाँ वर्षमा 


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल (२०७७ साल)मा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति बदरका लागि दायर भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । 

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा बुधबार सुनुवाइ भएको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । बुधबारको सुनुवाइमा पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए । 

वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी, रामप्रसाद भट्टराई र अधिवक्ता दीपेन्द्र झाले रिट निवेदकको तर्फबाट बहस गरेका हुन् । 

मुद्दामा अर्को ०८२ साल वैशाख ३ गते सुनुवाइ हुने भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : १९ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही