विप्लवका प्रकाश धामीले जिते इन्जिनियरिङ क्याम्पस स्ववियु सभापति   | Khabarhub Khabarhub

विप्लवका प्रकाश धामीले जिते इन्जिनियरिङ क्याम्पस स्ववियु सभापति  


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा– इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवारलाई निकै पछि छाडेर धामीले जित हात पारेका हुन् ।

दार्चुलाका बासिन्दा धामी सिभिल चौथो वर्षका विद्यार्थी हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल समाजवादीका आवद्ध धामी अध्यक्षमा भने एकल रुपमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका थिए । 

उनले सात सय १६ मत पाएका छन् । अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस इकाई सचिव रहेका उनी केही महिनाअघि अखिल समाजवादी प्रवेश गरेका थिए । अध्यक्षका उम्मेदवार अनेरास्ववियुका अनुप न्यौपानेले चार सय ४९, अनेरास्ववियु (क्रान्तिकारी)का आदर्श महत क्षत्रीले एक सय ७८ र नेपाल विद्यार्थी सङ्घका सौगात पण्डितले तीन सय ४६ मत पाएका छन् ।

सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का हरिकृष्ण खड्का ९ सय २१ मतसहित विजयी हुँदा अनेरास्ववियुका उम्मेदवार विनायक भुवाजीले ७ सय ४ मतमा चित्त बुझाए । कोषाध्यक्षमा पनि अनेरास्ववियु (क्रान्तिकारी)कै उम्मेदवार विजयी बने । क्रान्तिकारीका सशिस सापकोटा ६ सय ९९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अनेरास्ववियुका रोहितकुमार शाहले ५ सय ८७ मत पाएका छन् । 

सदस्यमा अनेरास्ववियुबाट अश्रान्त पहारी (९२६ मत), पूर्णिमा अछामी (८१५ मत), अंकित गैरे (७११), अमृत बस्नेत (७४०) र रूपेश पौडेल (६२२) निर्वाचित बने । नेविसंघबाट सक्षम भण्डारी (७०३) एक जनामात्र सदस्य चुनिँदा अखिल क्रान्तिकारीबाट तिकिता पाठक (६८२) सदस्य चुनिइन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ७ : ५४ बजे

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

गौर घटनाका सन्दर्भमा अध्ययन गर्न बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको

नेपालले दियो होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा

प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन्

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सरकारी प्रयोगशालामा ‘रिपोर्ट भेन्डिङ मेसिन’को सेवा, रिपोर्ट आफैं निकाल्न सकिने 

नेपालमै पहिलो पटक डिजिटल पीसीआर मेसिन तथा रिपोर्ट भेण्डिङ मेसिन