संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड | Khabarhub Khabarhub

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

निजगढ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र गणतन्त्रमाथि छेडखानी गर्न नहुने बताएका छन् ।

बाराको सिमरामा आज साँझ आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।”

दाहालले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे। हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो ।

दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए । चितवन हुँदै सिमरा आइपुग्नु भएका दाहाल यसअघि स्थगित भएको तराई–मधेस जागरण अभियानलाई निरन्तरता दिन आएका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ९ : १३ बजे

अनुहारमा चाहुरीपन छ ? बदामको तेल लगाउनुस् 

काठमाडौं– छालाको राम्रोसँग हेरचाह गरिएन भने डन्डिफोर र समयभन्दा पहिले

पावर प्लेमा सुधार गर्ने गुजरातको लक्ष्य : कस्तो छ कप्तान गिलको रणनीति ?

काठमाडौं – गत सिजनको आइपिएलको पावर प्लेमा सबै भन्दा कम

पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय

ट्रम्प र जेलेन्स्कीको फोन वार्ता : भेटको तनाव बिर्सिएर गरे सकारात्मक छलफल

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोडोमिर जोलेन्स्कीसँग

बीपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

काभ्रे– गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न