‘उम्लिँदो खरानी र लेम्लेम्मा’ : मिथक, परम्परा, र प्रतीकहरूको कथा (तस्बिरहरू) | Khabarhub Khabarhub

‘उम्लिँदो खरानी र लेम्लेम्मा’ : मिथक, परम्परा, र प्रतीकहरूको कथा (तस्बिरहरू)


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किरात समुदायको माैलिक परम्परा, मिथक, र मुन्दुमबाट प्रेरित नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’को मण्डला थिएटरमा मञ्चन गरिएको छ ।

बुधबारबाट सुरु भएको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा उक्त नाटक मञ्चन गरिएको हो ।

रंगकर्मी विजय बरालको निर्माण अनि पशुपति राईको निर्देशनमा बनेको यो नाटकले समाजमा गहिरो रूपमा जरा गाडेका संस्कार, पितृसत्तात्मक सोच, र मिथकीय विश्वासहरूको कथा समेटेको छ ।

सामान्य निम्न वर्गीय समाज र परिवारको परिवेशमा बनेको यस नाटकमा, मिथक जब वास्तविकतामा परिणत हुन्छ, तब समाजले कसरी त्यसलाई व्याख्या गर्छ भन्ने विषय उठाइएको छ ।

मिल्सन राईको लेखन रहेको नाटकमा ठिन्ले ल्हामो, प्रायदीप राई, प्रयास बान्तवा राई, दिग्गज खत्री, रिन्छेन कुन्छोक मोक्तान, युवाहाङ राई, रोशनी स्याङ्‌बो, बलबहादुर राई (बलु) र रमिला मोक्तानले अभिनय गरेका छन्।

महोत्सवमा नेपाल सहित १२ देशका १७ वटा नाटक मञ्चन हुने छन् ।

महोत्सवमा छनौटमा परेका नाटकहरूमा नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’, जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र  ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको‘‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’ छन् ।

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च  रैथाने ज्ञानको उज्यालो’ नारासहित सुरु भएको महोत्सव चैत १२ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ८ : ०६ बजे

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई

उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

सियोल– पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

काठमाडौं– नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय