‘उम्लिँदो खरानी र लेम्लेम्मा’ : मिथक, परम्परा, र प्रतीकहरूको कथा (तस्बिरहरू) « Khabarhub

‘उम्लिँदो खरानी र लेम्लेम्मा’ : मिथक, परम्परा, र प्रतीकहरूको कथा (तस्बिरहरू)


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किरात समुदायको माैलिक परम्परा, मिथक, र मुन्दुमबाट प्रेरित नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’को मण्डला थिएटरमा मञ्चन गरिएको छ ।

बुधबारबाट सुरु भएको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा उक्त नाटक मञ्चन गरिएको हो ।

रंगकर्मी विजय बरालको निर्माण अनि पशुपति राईको निर्देशनमा बनेको यो नाटकले समाजमा गहिरो रूपमा जरा गाडेका संस्कार, पितृसत्तात्मक सोच, र मिथकीय विश्वासहरूको कथा समेटेको छ ।

सामान्य निम्न वर्गीय समाज र परिवारको परिवेशमा बनेको यस नाटकमा, मिथक जब वास्तविकतामा परिणत हुन्छ, तब समाजले कसरी त्यसलाई व्याख्या गर्छ भन्ने विषय उठाइएको छ ।

मिल्सन राईको लेखन रहेको नाटकमा ठिन्ले ल्हामो, प्रायदीप राई, प्रयास बान्तवा राई, दिग्गज खत्री, रिन्छेन कुन्छोक मोक्तान, युवाहाङ राई, रोशनी स्याङ्‌बो, बलबहादुर राई (बलु) र रमिला मोक्तानले अभिनय गरेका छन्।

महोत्सवमा नेपाल सहित १२ देशका १७ वटा नाटक मञ्चन हुने छन् ।

महोत्सवमा छनौटमा परेका नाटकहरूमा नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’, जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र  ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको‘‘एन्टिगोन’, लिुथआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’ छन् ।

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च  रैथाने ज्ञानको उज्यालो’ नारासहित सुरु भएको महोत्सव चैत १२ गते सम्म चल्ने छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ८ : ०६ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या