पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचन जारी « Khabarhub

पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचन जारी


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ ।

चैत ५ गतेका लागि तय भएको निर्वाचन विवादका कारण स्थगित भएपछि आज मतदान भएको हो ।

अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । निर्वाचन कमिटीले भोट हालेको विधार्थीको कार्ड भोलि दिने गरि राखेको छ ।
मतदानस्थलमा पत्रकारलाई समेत प्रवेश निषेध गरिको छ ।

पद्मकन्या क्याम्पसमा नेविसंघबाट पूर्णिमाया परियार सभापतिको उम्मेदवार छिन् । यहाँ एमाले र मओवादी निकट विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका छन् ।

सभापतिमा अनेरास्ववियुबाट सुनिता घिमिरेको उम्मेदवारी छ । दुई संगठनको भागबण्डाअनुसार अनेरास्ववियु क्रान्तिकारीलाई सचिव पद दिइएको छ । उक्त पदमा सदीक्षा पोखरेल उम्मेदवार छिन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १० : ४२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा