सुदूरपश्चिम पृतनाबाट भूपू सैनिक सम्मेलन सुरु | Khabarhub Khabarhub

सुदूरपश्चिम पृतनाबाट भूपू सैनिक सम्मेलन सुरु


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनगढी– ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण : पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ नाराका साथ यस वर्षको भूपू सैनिक सम्मेलन सुदूरपश्चिम पृतना मुख्यालय कैलालीबाट सुरु भएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको गोदावरी नगरपालिकास्थित सुदूरपश्चिम पृतना तेघरी ब्यारेकमा आयोजित विशेष समारोहमा उक्त सम्मेलनको उद्‌घाटन गरे ।

प्रधानसेनापति सिग्देलले सैनिक नेतृत्व सम्हाले पछि पहिलोपटक सुदूरपश्चिम पृतनाबाट भूपू सम्मेलन सुरु भएको हो । सम्मेलनमा कैलाली र कञ्चनपुरमा बसोबास गर्ने दुई हजार नौ सय २५ भूपू सैनिक सहभागी छन् ।

आजै सुदूरपश्चिम पृतनाअन्तर्गत डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलामा पनि एकैसाथ सम्मेलन सुरु भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिए । सुदूरपश्चिमका सात पहाडी जिल्लामा भएको उक्त सम्मेलनमा नौ सय आठ भूपू सैनिकको सहभागिता छ ।

सम्मेलनको उद्‌घाटन सत्रमा भूपू सैनिकबाट मार्चपास, एकल महिलाका तर्फबाट प्लेकार्डसहितको मार्च पास, सुदूरपश्चिमको स्थानीय कला संस्कृति झल्कने झाँकी तथा नाच र सैनिक शारीरिक क्षमता झल्कने पिटी र सैनिक ब्याण्डद्वारा प्रदर्शन गरिएको थियो ।

सम्मेलनका दौरानमा ज्येष्ठ भूतपूर्व सैनिक तथा एकल महिलालाई सम्मान, ह्विलचियर/बैसाखी प्रदान, लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गरियो । नेपाली सेनामा चार जनाभन्दा बढी सन्ततिलाई सेनामा पठाएबापत अभिभावकलाई सम्मान, सहुलियत पूर्ण कर्जा चेक हस्तान्तरण र प्रधान सेनापति प्रशंसा निसान प्रदान गरियो ।

यस्तै प्रधानसेनापति सिग्देलले सम्मेलनका क्रममा भूपू सैनिक तथा एकल महिलासँग सामूहिक छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम समेत छ । सेनाले शुक्रबार उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतसँगै नेपालगञ्ज, दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्लामा भूपू सैनिक सम्मेलन गर्दैछ ।

प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एक पटक प्रदेशस्तरमा यस्तो सम्मेलन गर्ने चलन रहिआएको छ ।  २०७० साल असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ११ : ५० बजे

कालीगण्डकी कोरिडोर : नौ किलोमिटर कालोपत्र

म्याग्दी – बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर भुरुङ–तातोपानी– घाँसा खण्ड कालोपत्र

बीपीको आत्मवृतान्त : राजालाई महिलाबाट जोगाउन भारतको चिठी !

कुनै अंग्रेजी सिनेमा थियो, सानो थियो। कुनै चाखलाग्दो थिएन। दुईजना

फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा’ चोक नामकरण

पोखरा– फुटबल खेलमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडी सावित्रा

काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा जाँदै रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पाटन उच्च

धवलागिरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

पोखरा– म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै