विश्व मुख स्वास्थ्य दिवस : चिकित्सक भन्छन्, मुखको लागि १० मिनेट छुट्याउँ  | Khabarhub Khabarhub

विश्व मुख स्वास्थ्य दिवस : चिकित्सक भन्छन्, मुखको लागि १० मिनेट छुट्याउँ 


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व मुख स्वास्थ्य दिवस  ‘स्वस्थ मुख : सकारात्मक सोच’ भन्ने नाराका साथ नेपाल लगायत विश्वभर मनाइँदैछ । 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ ।

नेपालमा दाँत किराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लुएचओको भनाइ छ ।

दन्त विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी दाँतको तथा मुखको स्वास्थ्य रह्यो भने ९० देखि ९५ प्रतिशत समस्याहरू रोकथाम गर्न सकिने बताउँछन् ।

उनका अनुसार दाँत तथा मुख सफा राख्न सकियो भने दाँत किराले खाने समस्या, गिँजाको समस्या, मुखमा आउने घाउ–खटिरा, मुखको क्यान्सर, दाँत खिएर जाने समस्या हुनबाट जोगिन्छ ।

डा बुढाथोकी भन्छन्, ‘दाँत तथा मुख शरीरको प्रवेशद्वार हो । मुख स्वास्थ्य भएन भने त्यसबाट खाइएका चिजहरू शरीरमा फोहोरकै रूपमा जाने हुन्छन् । मुख शरीरको ऐना पनि हो । मुखमा देखिने समस्या तथा घाउखटिरा दाँत तथा मुखसम्बन्धी कारणहरू हुन सक्छन् वा शरीरमा भएका कुनै रोगहरूको प्रतिबिम्बको रूपमा देखिने गर्दछ ।’

विज्ञकाअनुसार दाँत तथा मुखको समस्या समयमै निदान गर्न सकियो भने उपचारमा कम लागत र जटिलता पनि धेरै निम्तिँदैन । डा. बुढाथोकीले दाँत तथा मुखको समस्या हुँदा मधुमेह, श्वासप्रश्वासका समस्या, मस्तिष्कमा असर तथा गर्भवतीको पेटमा हुर्किरहेको बच्चाको वृद्धिविकासमा पनि समस्या देखिन सक्ने बताउँछन् ।

मुख स्वास्थ्य राख्न प्रत्येक दिन कमसेकम दुई पटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने र एक पटक डेन्टल फ्लसले सफा गर्ने, गुलियो खानेकुरा कम खाने, खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्ने, सूर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्ने, मौसम अनुसारको फलफूल तथा सागसब्जी खाने, मुखमा कुनै समस्या देखिएमा आफै जथाभाबी औषधि सेवन नगर्ने र मुख स्वास्थ्यलाई राम्रो बनाउन ६–६ महिनामा दाँत परीक्षण गराउनुपर्ने विज्ञको सुझाव छ ।

‘बिहान खाना खाइसकेपछि पाँच मिनेट र राति सुत्नुअघि पाँच मिनेट दाँतलाई मजाले सफा गरियो भने दाँत तथा मुखका धेरै समस्याबाट बच्न सकिन्छ । यसलाई नियमित जीवनशैलीको रूपमै अपनाउनुपर्छ’, डा बुढाथोकीले भने ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ४३ बजे

स्वदेशी वस्तुको प्रयोग बढाउन प्रधानमन्त्रीको आग्रह 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले  स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन

सेवा सुविधामा विभेद गरेको भन्दै अपर तामाकोशीका कर्मचारी आन्दोलित

दोलखा– जिल्लाको विगु गाउँपालिका-१ विगु लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो

ऊर्जामन्त्रीलाई बर्खास्त गर्नुपर्ने सांसदको मागमा हजारौँको समर्थन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता रहन आग्रह

एजेन्सी – दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म

एकै रात पराजित भए बेल्जियम, फ्रान्स, इटाली र पोर्चुगल

काठमाडौं- नेशन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गयराति भएका क्वार्टरफाइनल भिडन्तमा चर्चित