संसदमा ज्ञानेन्द्रको चेतावनी- पूर्वराजाबारे बोल्दा होस पुर्‍याएर बोल्नुहोस् « Khabarhub

संसदमा ज्ञानेन्द्रको चेतावनी- पूर्वराजाबारे बोल्दा होस पुर्‍याएर बोल्नुहोस्


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न गणतन्त्रवादी दलहरूलाई चेतावनी दिएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा उनले वामपन्थी दलहरूले आदर्शका रुपमा मान्दै आएका विदेशी नेताहरूको नाम उल्लेख गर्दैै पूर्वराजाका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न चेतावनी दिएका हुन् ।  

‘फागुन २५ गते हामीले गरेको स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो । धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्‍यो भने हालत के हुन्छ रु यो कुरा याद गरेर संसद्‌मा कुरा उठाइयोस्,’ सांसद शाहीले भने ।  

उनले राजा फर्किँदैन भन्ने गरेको गणतन्त्रवादी दलहरूको अभिव्यक्तिका प्रति पनि आपत्ति जनाए । ‘राजा गइसक्यो फर्किँदैन भन्नुहुन्छ, गइसकेको राजा फर्किँदैन भने माक्र्स, लेनिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन,’ शाहीले भने, ‘त्यो चैं कसरी फर्किन्छ र मान्छेलाई उल्लू बनाइराख्नुभएको ?’

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  १२ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया