पाल्पामा पहिरोले जीप पुरिँदा एकको मृत्यु, चार जना घाइते « Khabarhub

पाल्पामा पहिरोले जीप पुरिँदा एकको मृत्यु, चार जना घाइते


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पामा पहिरोजीप पुरिँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नं को जीप र पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ५९३८ नं को स्कारपियो पहिराले पुरिएका हुन् ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका २६ वर्षीय कमल परियार रहेको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । सो दुर्घटनामा तिलोत्तमा–२ का ३१ वर्षीय ललित मल्ल र वडा नं ९ का २२ वर्षीय प्रेम सुनार, बुटवल उपमहानगरपालिका–२ का २० वर्षीय मिलन शाह तथा वडा नं १२ का नरेन्द्र हमाल घाइते भएका छन् ।

पहिरो हटाइएपछि अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ६ : ५२ बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार