उपप्रधानमन्त्री सिंह र खेलकुदमन्त्री चौधरीद्वारा त्रिवि खेल मैदानको प्यारापिट अवलोकन (तस्बिरहरू) « Khabarhub

उपप्रधानमन्त्री सिंह र खेलकुदमन्त्री चौधरीद्वारा त्रिवि खेल मैदानको प्यारापिट अवलोकन (तस्बिरहरू)


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयले आगामी २०८२ वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण कार्य सम्पन्न हुने गरी सहजीकरण भइरहेको जनाएको छ ।  

बिहीबार कीर्तिपुरस्थीत क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले तोकिएको समयभित्रै प्याराफिट निर्माण हुने गरी मन्त्रालयबाट समन्वय र सहजीकरण भइरहेको बताएका हुन् । 

क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो रहेको भन्दै उनले समयमा नै कार्यसम्पन्न गर्न तीन सिफ्टमा काम भइरहेको उल्लेख गरे ।

क्रिकेट नेपालको लोकप्रिय खेलको रूपमा विकास भइरहेको अवस्थामा देशका अन्य स्थानमा पनि मैदान निर्माण गरेर अघि बढ्ने उनले बताए ।  

त्यस्तै खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको लागि पटक पटक बोलपत्र आह्वान गर्दा पनि सोचेजस्तो प्रस्ताव नआएकाले अर्थ मन्त्रालयको समन्वयमा शहरी विकास मन्त्रालयलाई जिम्मा दिइएको बताए । 

उनले सम्झौता अनुसार ठकेदार कम्पनीले समयमा नै कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण गर्ने विश्वास व्यक्त गरे । मन्त्री चौधरीले मूलपानी मैदानको निर्माण अघि बढाउन स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए । 

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । 

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १ : ०९ बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को