विभागीय टोली आर्मी प्रकाश दाहाल स्मृति कपको सेमिफाइनलमा « Khabarhub

विभागीय टोली आर्मी प्रकाश दाहाल स्मृति कपको सेमिफाइनलमा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

शुक्रबार नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा भएको खेलमा आर्मीले ढोरपाटन ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको स्थान पक्का गरेको हो ।

आर्मीले ढोरपाटनलाई पहिलो सेटमा २५–१४ का हराएको थियो भने दोस्रो सेटमा २५–१९ मा पराजित भएको ढोरपाटनले अन्तिम सेटमा सुधारिएको प्रदर्शन गरेको थियो ।

अन्तिम सेटमा ढोरपाटन २५–२२ स्कोरमा पराजित भएको हो । समूह क मा रहेको आर्मी विजेता बन्दै सेमिफाइनल पुग्दा अर्को विभागीय टोली एपीएफ उपविजेता बन्दै सेमिफाइनल पगि सकेको छ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउँदा तेस्रो हुने टोलीले १ लाख तथा चौथो टोलीले ५० हजार रुपैयाँ पाउने छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : ०० बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा