जलन पीडितको उपचार र पुनर्स्थापनामा सरकार संवेदनशील : प्रधानमन्त्री « Khabarhub

जलन पीडितको उपचार र पुनर्स्थापनामा सरकार संवेदनशील : प्रधानमन्त्री


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जलन पीडितहरूको उपचार र पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले गरेका प्रश्नको जवाफ दिने क्रममा उनले जलन पीडितहरूको उपचार र पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको बताएका हुन् । 

‘तेजाव र अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९ ले यस सम्बन्धमा पर्याप्त व्यवस्था गरेको व्यहोरा जानकारी गराउँछु,’ प्रधानमन्त्री ओलीले भने । 

जलन पीडितहरूको उपचार, पुनर्स्थापना तथा अधिकार सम्बन्धमा संसद्‌मा दर्ता भएको निजी विधेयकमा रहेका प्रावधानका सम्बन्धमा सदन वा सम्बन्धित समितिमा हुने छलफलका क्रममा सरकारले आफ्नो धारणा राख्ने उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १ : ५१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना