बजार अनुगमनले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुगेको छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

बजार अनुगमनले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुगेको छ : प्रधानमन्त्री


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समिति सक्रिय बनाइएपछि मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुगेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सरकार महंगी नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताए । 

‘आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवम् प्रयोगमा आउने सामग्रीहरूको सहज र सुलभ आपूर्ति व्यवस्थापनको लागि बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गरिएको छ,’ प्रधानमन्त्रीले भने, ‘दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुहरूको आपूर्तिको व्यवस्था मिलाईएको छ । बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समिति सक्रिय बनाईएको छ । यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुर्‍याएको छ ।’

उपभोक्ता अधिकारको संरक्षण एवम् न्यायिक निरूपणका लागि भर्खरै उपभोक्ता अदालतको स्थापना गरी सञ्चालनमा ल्याइएको पनि उनले बताए । ‘यहाँ एउटा कुरा चाहिँ भन्न चाहन्छु– ‘बढ्दो महंगी नियन्त्रण गर’ भन्ने नारा सधैं लोकप्रिय हुने नारा हो । महंगी घटिरहेको बेलामा पनि त्यो नारा चाहिँ लोकप्रिय नै हुन्छ । त्यसैले यस्ता कुराहरुमा प्रश्नलाई लोकप्रिय बनाउन होइन, तुलनात्मक अध्ययन गरेर नागरिक जीवनमा सहजता ल्याउन लाग्नु पर्छ । यसका लागि महंगीको गत वर्षको दरसँग तुलना गरेर हेर्नु उपयुक्त हुन्छ,’ ओलीले भने । 

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको जानकारी दिँदै प्रधानमन्त्रीले अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको स्मरण गराए । 

चालु आर्थिक वर्षको लागि सजगतापुर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको भन्दै उनले अनिवार्य नगद अनुपात र बैंक दरलाई समेत समायोजन गरिएको बताए ।

 ‘यसबाट अधिक तरलता नियन्त्रण भई उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न सहयोग पुग्ने अपेक्षा रहेको छ,’ प्रधानमन्त्री ओलीले भने । 

उनले अत्यावश्यक वस्तुहरूको भन्सार दर घटाउने तथा महँगीमा प्रत्यक्ष असर गर्ने वस्तुहरूमा कर छुट प्रदान गर्ने नीतिलाई निरन्तरता दिइने पनि बताए । कृषि उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत ऋण प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने प्रधानमन्त्री ओलीको भनाइ थियो । 

‘यसबाट खाद्य आपूर्तिमा स्थिरता, कृषिजन्य उपजको उत्पादनमा वृद्धि, कृषिजन्य उत्पादनको आयात व्यवस्थापन साथै मूल्य स्थिरता कायम गर्न समेत सहयोग पुग्नेछ,’ प्रधानमन्त्रीले भने ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १ : ५८ बजे

बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र

पर्वत– विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र बनेको

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र रूपमा भइरहेको

काठमाडौं महानगरले माइतीघर छेउको भित्तामा पनि चित्र बनाउने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डला छेउमा भएको भित्तामा पनि चित्रहरू

परराष्ट्रमन्त्रीको स्पष्टीकरण : भारत अहिले सरकार परिवर्तनको पक्षमा छैन

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार भारतबाट स्वदेश फर्किएकी

रुसी सुरक्षा प्रमुखको भ्रमणअघि उत्तर कोरियाद्वारा नयाँ हतियारको परीक्षण

सियोल– रुसका सुरक्षा प्रमुख नेता किम जोङ उनसँग वार्ताका लागि