१५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात « Khabarhub

१५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको हो ।

विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबरको भएको छ । यस्तो व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको भएको थियो ।

आयातमा ११ प्रतिशत वृद्धि, निर्यातमा ५७ प्रतिशतले वृद्धि

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालमा ११.०२ प्रतिशतले आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँ बराबरको भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको भएको थियो ।

नेपालको वैदेशिक व्यापारमा वृद्धि भएसँगै कुल वैदेशिक व्यापार घाटामा पनि ६.२२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ भएकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म यस्तो घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबर पुगेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ३ : ०२ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)