१५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात | Khabarhub Khabarhub

१५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको हो ।

विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख ४२ हजार रुपैयाँ बराबरको भएको छ । यस्तो व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको भएको थियो ।

आयातमा ११ प्रतिशत वृद्धि, निर्यातमा ५७ प्रतिशतले वृद्धि

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालमा ११.०२ प्रतिशतले आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालमा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँ बराबरको भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.२० प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख २ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँ बराबरको भएको थियो ।

नेपालको वैदेशिक व्यापारमा वृद्धि भएसँगै कुल वैदेशिक व्यापार घाटामा पनि ६.२२ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालको कुल व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख ५५ हजार रुपैयाँ भएकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म यस्तो घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबर पुगेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ३ : ०२ बजे

काठमाडौं महानगरले चैत १२ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको

स्वदेशी वस्तुको प्रयोग बढाउन प्रधानमन्त्रीको आग्रह 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले  स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन

सेवा सुविधामा विभेद गरेको भन्दै अपर तामाकोशीका कर्मचारी आन्दोलित

दोलखा– जिल्लाको विगु गाउँपालिका-१ विगु लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो

ऊर्जामन्त्रीलाई बर्खास्त गर्नुपर्ने सांसदको मागमा हजारौँको समर्थन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई पदबाट बर्खास्त

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता रहन आग्रह

एजेन्सी – दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म