स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको छ : प्रधानमन्त्री « Khabarhub

स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको छ : प्रधानमन्त्री


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्‍याएको बताएका छन् ।

नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरूप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरे ।

‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छै । जनतालाई सेवा दिने नजिकको सरकार यही हो ।’, ओलीले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्ष्य गर्दै राजतन्त्रकालमा लादिएका निरङ्कुशतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : २५ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण