व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक : देउवा « Khabarhub

व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक : देउवा


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदको विकास गर्न पार्टी बनाउने नीतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।  

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको खेलकुद नीति तथा कार्यक्रम विषयक बिचार गोष्ठीमा देउवाले पार्टीले तय गर्ने नीति खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास गर्न महत्त्वपूर्ण हुने बताएका हुन् । 

उनले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको धारणा पनि राखे । देउवाले खेलकुद नीतिका लागि पार्टीभित्र व्यापक बहस हुन सकारात्मक रहेको जिकिर गरे । 

त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ६ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना