म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते « Khabarhub

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–२ लुलाङमा आज अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

देउरालीदेखि लुलाङतर्फ जाँदै गरेको ग ७१ त ९० नम्बरको ट्याक्टर ढोलढार भन्ने ठाउँमा दुर्घटना हुँदा लुलाङका २० वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै मृत्यु भएको हो । 

सो दुर्घटनामा चार जना घाइते भएको घटनास्थलमै रहेका धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।

तीन घाइतेको लुलाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र एक जनालाई एम्बुलेन्समा राखेर थप उपचारका लागि बेनी पठाइएको छ ।

ताकम प्रहरी चौकीको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस
 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ०८ बजे

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास