चीनमा चार क्यानाडाली नागरिकलाई दिइयो मृत्युदण्ड « Khabarhub

चीनमा चार क्यानाडाली नागरिकलाई दिइयो मृत्युदण्ड


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले यसै वर्षको सुरुवातमा मादक पदार्थसँग सम्बन्धित आरोपमा चारजना क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिएको छ।

क्यानाडाका अधिकारीहरूले यस समाचारको पुष्टि गरेका छन् ।

क्यानाडाका विदेश मन्त्री मेलानी जोलीले बुधवार पत्रकारसँग कुरा गर्दै सजाय दिइएका चारैजनासँग दुवै देशको नागरिकता थियो। उनीहरूका परिवारको आग्रहमा चारैजनाको परिचय खुलाइएको छैन।

विदेश मन्त्रीले उक्त कदमको विरोध गर्दै चीनको उक्त कदम मौलिक मानवीय गरिमाविपरीत भनेका छन् । यसका साथै उनले व्यक्तिगत रूपमा सजाय नदिन पनि अपिल गरिएको बताए ।

समाचारअनुसार क्यानाडास्थित चिनियाँ दूतावासका प्रवक्ताले चारैजनाविरुद्ध अपराधसम्बन्धी ‘ठोस र पर्याप्त’ प्रमाण थिए । उनले क्यानाडा गैरजिम्मेवारपूर्ण टिप्पणी नगर्न पनि चेतावनी दिएका छन् ।

चिनियाँ दूतावासले बेइजिङले सम्बन्धित क्यानाडाली नारिकका लागि कानुनी उपचारको सबै विकल्प दिइएको पनि बताएको छ। चिनियाँ दूतावासका प्रवक्ताले क्यानाडा सरकारसँग ‘चीनको न्यायिक सम्प्रभुता’को सम्मान गर्न पनि भनेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ४६ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक