जीपीटीए कार्यकारी निर्देशकमा १४ जनाको आवेदन  | Khabarhub Khabarhub

जीपीटीए कार्यकारी निर्देशकमा १४ जनाको आवेदन 


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि १४ जनाको आवेदन परेको छ । 

कार्यकारी निर्देशक ऋषिराम पाण्डेको कार्यकाल सकिनु अगावै फागुन २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १५ दिनको म्याद राखेर सूचना जारी गरेको थियो ।

 दरखास्त बुझाउने अन्तिम दिन चैत ६ गते बुधबारसम्म १४ जनाको आवेदन परेको हो । पाण्डेको पदावधि फागुन २८ गते सकिएको छ । 

आवेदन दिनेहरूमा विजयभक्त उपाध्याय, झपेन्द्रश्वर भुसाल, योगेन्द्रराज रिजाल, भानुभक्त पराजुली, लिलाधर सुवेदी, कुमारकञ्चन जिसी, डा. होमनाथ गैरे, श्रीकृष्ण पौडेल, विजय वाग्ले छन् । यसैगरी बाबुराम केसी,  डा. गोविन्दबहादुर लामिछाने, सुरेन्द्रबाबु तिवारी, प्रभात अर्याल, प्रा.डा.कुसुमाकर न्यौपानेको दरखास्त परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बताएको छ । 

कार्यकारी निर्देशक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको र कम्तीमा १० वर्षको अनुभव भएको वा स्नातक तहपछि १५ वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ । उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कुनै फौजदारी कसुरमा अदालतबाट दोषी नठहरिएको, राजनीतिक दलको सदस्य नरहेको र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग कुनै स्वार्थ सम्बन्ध नरहेको व्यक्तिले आवेदन दिनसक्ने गरी मापदण्ड बनाइएको छ । यद्यपि छनोट समितिले कार्यविधि वा मापदण्ड सार्वजनिक भने गरेको छैन । दरखास्त शुल्क २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ । उम्मेदवारहरूले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रकम जम्मा गर्नुपर्ने भनेर दिइएको खाता नम्बर ४ गते आएर परिवर्तन गरिएको थियो । 

आवेदकले व्यक्तिगत विवरण, कार्ययोजना समेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । सर्टलिस्टमा परेकाहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतिका लागि बोलाइने छ । सरकारले कार्यकारी निर्देशक छनोटका लागि प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा समिति गठन गरेको छ । जसमा मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल सदस्य छन् भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक प्रशासन हेर्ने सचिव बाबुराम गौतम सदस्य सचिव छन् ।

प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी एवं कर्मचारीको क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश अन्तर्गतका सरकारी तथा अर्धसरकारी निकाय र स्थानीय तहको संस्थागत सुधार एवं शासकीय क्षमता अभिवृद्धि गर्ने अभिप्रायका लागि प्रतिष्ठान खुलेको हो । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत स्थापित प्रतिष्ठान ५ वर्ष पार गरेको छ । 

प्रतिष्ठानले स्थापना १८ हजार ८ सय ३० जनप्रतिनिधि र कर्मचारीलाई विभिन्न कार्यक्रममार्फत् प्रशिक्षित गरेको छ । प्रतिष्ठानले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत राजपत्र अनङ्कित प्रथम तथा द्वितीय श्रेणी एवं सहायकस्तर चौथो तथा पाँचौं तह र अधिकृतस्तर छैटौं, सातौं तथा आठौं तहका कर्मचारीको वृत्ति विकासमा योगदान गर्ने उद्देश्यले प्रदेशस्तरमा नै सेवाकालीन तालिम सञ्चालन गर्दै आइरहेको छ । 

हालसम्म ३० कार्यदिने सेवाकालीन तालिमबाट सहायकस्तरका ४ सय ३३ र अधिकृतस्तरका २ सय ७ जना गरी ६ सय ४० जना कर्मचारी दिक्षित भएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ५९ बजे

११ महिनामा ३२ अर्ब बढीको मोबाइल आयात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ३२ अर्ब बढीको

ट्रम्पलाई अदालतले दियो एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति

सान फ्रान्सिस्को- क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील

च्याम्पियन्स लिग विजेता पीएसजी बोटाफोगोसँग स्तब्ध, क्लब विश्वकपमा सनसनीपूर्ण नतिजा

काठमाडौं- दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा युरोपियन

प्रधानमन्त्रीले कुरा नसुनी बैठकबाट निस्केपछि हामीले बहिष्कार गर्‍यौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका

नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि

काठमाडौं– चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र