पद्मकन्यामा चेलीको क्रान्ति : नेविसंघलाई पाखा लगाउँदै सबै पदमा स्वतन्त्रको जित « Khabarhub

पद्मकन्यामा चेलीको क्रान्ति : नेविसंघलाई पाखा लगाउँदै सबै पदमा स्वतन्त्रको जित


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा चेलीले क्रान्ति गरेका छन्। प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट स्वतन्त्र उम्मेदवारले जितेका हुन्।

निर्वाचन अधिकृत सहप्रा. डा. शैलेन्दुप्रकाश नेपालका अनुसार क्याम्पसको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐर ७३० मतका साथ विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी पूर्णिमाया परियारले ३७९ मत पाएकी छन्। सचिवमा सन्ध्या बस्याल ६९५ मतसहित विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी नेविसंघकै विपना न्यौपानेले ३६१ मत पाएकी छन्। कोषाध्यक्ष संकल्पिका थापा ६६६ मत ल्याएर विजयी हुँदा नेविसंघी चाँदनी शाह ४०५ मत ल्याएर पराजित भएकी छन्।

त्यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता वि.क, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यनसु कटवाल विजयी भएका हुन्। प्रमुख पद र सदस्यमा निर्वाचित सबै स्वतन्त्र उम्मेदवार हुन्।

चैत ७ गते भएको निर्वाचनको परिणाम आयोगले गएराति सार्वजनिक गरेको हो।

पद्मकन्या क्याम्पसमा नेविसंघ एक्लै चुनावमा सहभागी हुँदा एमाले र मओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए । चैत ५ गतेका लागि तोकिएको चुनाव अनेरास्ववियुले ताला लगाएपछि ७ गते मात्र भएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ५ : ४२ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर