पिएम कपमा आज तीन खेलः एपिएफ र सुदूरपश्चिम, कर्णाली र मधेश, गण्डकी र आर्मी भिड्दै | Khabarhub Khabarhub

पिएम कपमा आज तीन खेलः एपिएफ र सुदूरपश्चिम, कर्णाली र मधेश, गण्डकी र आर्मी भिड्दै


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार तीन खेल हुँदैछन्। एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश, कर्णाली र मधेश प्रदेशसँगै आज गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो।

एपिएफ र सुदूरपश्मिको खेल सिद्धार्थनगरमा हुँदैछ भने कर्णाली र मधेश भैरहवाको एक्सा ओभल मैदानमा भिड्नेछन्। अर्को खेलमा आर्मी र गण्डकी प्रदेश कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आम्नेसाम्ने हुँदैछन्। तीन वटै खेल बिहान ९ बजे सुरु हुनेछन्।

नेपाल पुलिस क्लब सात खेलमा अपराजित रहँदै १४ अंकका साथ पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्मीले ६ खेल खेलिसकेको छ। एउटा मात्र खेल गुमाएको आर्मीको १० अंक छ।

तेस्रो स्थानमा रहेको लुम्बिनीको सातमा तीन खेल गुमाएर चार खेल जित्दै ८ अंक बनाएको हो। पाँच खेल मात्र खेलेको एपिएफ ६ अंकका साथ चौथो स्थानमा छ। उसले दुई खेल गुमाउँदा तीन खेलमा जित निकालेको छ।

६ खेल खेलेर तीन जित र तीन हारको सामना गरेको कर्णाली ६ अंकसहति पाँचौं स्थानमा छ। मधेश, सुदूरपश्चिम र बागमतीको समान चारचार अंक छ भने कोशी र गण्डकीले ६ खेल खेलिसक्दा दुई अंक मात्र जोडेका छन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : ०० बजे

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग