अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेको भेनुजुएलाको आरोप « Khabarhub

अमेरिकाले आफ्ना नागरिक ‘अपहरण’ गरेको भेनुजुएलाको आरोप


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले आफ्ना नागरिक अपहरण गरेर एल साल्भाडोर लगेको भेनेजुएलाले आरोप लगाएको छ ।

अमेरिकाले अमेरिकामा बस्दै आएका भेनुजेएलाका आप्रावासीलाई पक्राउ गरेर केही दिन अघि मात्रै एल साल्भाडोरको कुख्यात जेलमा लगे पछि उसले यस्तो प्रतिक्रिया दिएको हो । 

संयुक्त राज्य अमेरिकाले एल साल्भाडोरको कुख्यात मेगा जेलमा २०० भन्दा बढी आप्रवासीलाई लगेर थुनेको थियो । अमेरिकाले तिनीहरूलाई ‘अपराधी’ को संज्ञा दिइएको छ । यो जेल त्यही जेल हो, जहाँ पसे पछि कोही पनि बाहिर निस्कन सक्दैन । खासमा साल्भाडोरका दुइ कुख्यात गुन्डा समुहका झन्डै ४० हजार बन्दीहरूलाई यही जेलमा सदाका लागि खिएको छ, जो दशकौं देखी साल्भाडोरमा हिंसा, लागुऔषध तस्कर, हत्यामा संलग्न रहेको आरोप छ ।

‘नायब बुकेले यस अपहरणमा सहयोगी हुनुहुँदैन, किनभने हाम्रा युवाहरूले संयुक्त राज्यमा कुनै अपराध गरेनन्, त्यहाँ लगिएका कोही पनि कुनै पनि अपराधी होइनन,’ निकोलस मादुरोले साल्भाडोरका नेतासँग भने । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्झौता गरेका एल साल्भाडोरका नेताले यसमा पुनर्विचार गर्नु पर्ने उनको जोड छ । 

‘उनीहरूलाई मुद्दामा ल्याइएको थिएन, उनीहरूलाई प्रतिरक्षाको अधिकार, उचित प्रक्रियाको अधिकार दिइएन, उनीहरूलाई धोका दिइयो, हथकडी लगाइयो, विमानमा राखियो, अपहरण गरियो र एल साल्भाडोरको यातना शिविरमा पठाइयो,’ मादुरोले भने ।
 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : २८ बजे

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने