फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा’ चोक नामकरण « Khabarhub

फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा’ चोक नामकरण


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पोखरा– फुटबल खेलमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडी सावित्रा भण्डारीको सम्मानमा लमजुङको मर्स्याङदी गाउँपालिका–९ खुदी पुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरिने भएको छ।

वि.सं. २०५४ जेठ १० गते मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मिएकी सावित्रा भण्डारी नेपाली महिला फुटबलको एक चर्चित नाम हो। उनी ‘साम्बा’ उपनामले पनि परिचित छन्। सशस्त्र प्रहरी बल क्लबबाट आफ्नो व्यावसायिक फुटबल यात्रा सुरु गरेकी सावित्राले हालसम्म नेपाली राष्ट्रिय महिला टोलीका लागि ५० भन्दा बढी गोल गरिसकेकी छन्।

गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले सावित्राको फोटोसहितको होल्डिङ बोर्ड राखेर ‘साम्बा चोक’ नामकरण गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले जानकारी दिए।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार, ‘हाम्रो चेली सावित्राले नेपाललाई विश्वसामु चिनाउन सफल भएकी छन्। यो हाम्रो लागि गौरवको विषय हो। राष्ट्रको गहनाको रूपमा स्थापित सावित्राको सम्मानार्थ चोकको नामकरण गर्न लागिएको हो।’

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा रहेको मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई ‘साम्बा चोक’ नामाकरण गर्दा सावित्राको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने स्थानीयवासीले बताएका छन्।

हाल फ्रान्सेली लिग प्रिमियरको अँ आभोँ गेँगोँ फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपंक्तिमा खेल्दै आएकी सावित्राले आफ्नै नाममा चोकको नामाकरण गरिनु सम्मानजनक रहेको बताएकी छन्।

उनले भनिन्, ‘मेरो नाममा चोकको नामाकरण गर्ने निर्णयले मलाई अत्यन्त खुसी तुल्याएको छ। यो निर्णयका लागि म गाउँपालिका परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

सावित्रा भण्डारी नेपाली महिला फुटबल टोलीकी सर्वाधिक उच्च गोलकर्ता हुनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने पहिलो नेपाली खेलाडी पनि हुन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १० : २७ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको