फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा’ चोक नामकरण « Khabarhub

फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा’ चोक नामकरण


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पोखरा– फुटबल खेलमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडी सावित्रा भण्डारीको सम्मानमा लमजुङको मर्स्याङदी गाउँपालिका–९ खुदी पुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरिने भएको छ।

वि.सं. २०५४ जेठ १० गते मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मिएकी सावित्रा भण्डारी नेपाली महिला फुटबलको एक चर्चित नाम हो। उनी ‘साम्बा’ उपनामले पनि परिचित छन्। सशस्त्र प्रहरी बल क्लबबाट आफ्नो व्यावसायिक फुटबल यात्रा सुरु गरेकी सावित्राले हालसम्म नेपाली राष्ट्रिय महिला टोलीका लागि ५० भन्दा बढी गोल गरिसकेकी छन्।

गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले सावित्राको फोटोसहितको होल्डिङ बोर्ड राखेर ‘साम्बा चोक’ नामकरण गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले जानकारी दिए।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार, ‘हाम्रो चेली सावित्राले नेपाललाई विश्वसामु चिनाउन सफल भएकी छन्। यो हाम्रो लागि गौरवको विषय हो। राष्ट्रको गहनाको रूपमा स्थापित सावित्राको सम्मानार्थ चोकको नामकरण गर्न लागिएको हो।’

अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ जाने सडकमा रहेको मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई ‘साम्बा चोक’ नामाकरण गर्दा सावित्राको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुग्ने स्थानीयवासीले बताएका छन्।

हाल फ्रान्सेली लिग प्रिमियरको अँ आभोँ गेँगोँ फुटबल क्लब र नेपाल महिला राष्ट्रिय फुटबल टोलीमा अग्रपंक्तिमा खेल्दै आएकी सावित्राले आफ्नै नाममा चोकको नामाकरण गरिनु सम्मानजनक रहेको बताएकी छन्।

उनले भनिन्, ‘मेरो नाममा चोकको नामाकरण गर्ने निर्णयले मलाई अत्यन्त खुसी तुल्याएको छ। यो निर्णयका लागि म गाउँपालिका परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

सावित्रा भण्डारी नेपाली महिला फुटबल टोलीकी सर्वाधिक उच्च गोलकर्ता हुनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने पहिलो नेपाली खेलाडी पनि हुन्।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १० : २७ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले