साताका संगीत : प्राइममा दुर्गेश, पाँच वर्षपछि बन्यो ‘जेल पनि सहुँला’को सिक्वेल « Khabarhub

साताका संगीत : प्राइममा दुर्गेश, पाँच वर्षपछि बन्यो ‘जेल पनि सहुँला’को सिक्वेल


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जालमा अहिले एउटा भनाइ चर्चित भएको छ- मलाई नयाँ हेटर चाहियो, किनभने पुराना हेटर मेरो फ्यान भइसके ।

अहिले मोडल तथा गायक दुर्गेश थापा जीवनमा यो भनाइ मिल्दो जुल्दो पाइन्छ । सामाजिक सञ्जालमा उनी चर्चाको पात्र बनेका छन् । मेला-महोत्सवमा उनकै डिमान्ड छ ।

दुर्गेशले यति फ्यान कमाएकी उनलाई ‘बेसुरा’ भनेर टिप्पणी गर्ने आवाज पनि अब दबिएको छ । उनले मेला महोत्सवमा दर्शक उफारेको देख्दा मानिसहरूले भन्ने गरेका छन्- दुर्गेश प्राइममा छन् ।

उनी प्राइममा भएको कुरा उनकै व्यस्तताले पुष्टि गर्छ । फागुन ७ गतेदेखि २० गतेसम्म लगातार उनले देशका विभिन्न स्थानमा पुगेर सांगीतिक प्रस्तुति दिए ।

फागुन ७ देखि चैत २ सम्मको २५ दिनको अवधिमा २३ स्थानमा सांगीतिक प्रस्तुति दिएका छन् । चैत ७ बाट एसईई परीक्षा सुरू भएकाले विद्यार्थीको पढाइमा असर पुग्ने भन्दै आफ्नो कन्सर्ट रोक्ने घोषणा गरेका छन् ।

उनको यस्तो व्यस्तताको जस पछिल्लो गीत ‘दुस्मन हेरेको हेर्‍यै’ ले दिएको हो । पल शाह र एकजना नाबालिग गायिकाको बलात्कारसम्बन्धी मुद्दामा मुछिएपछि दुर्गेश मेला महोत्सव र गायकीबाट टाढा थिए ।

अहिले उनै दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै’ ग्लोबल ट्रेन्डिङको ७७ नम्बरमा छ । यो गीतले युट्युबमा चार करोड ३० लाख भ्युज पाएको छ ।

दुर्गेशले एसईई परीक्षाभर कन्सर्ट नगर्ने घोषणा गर्न जानकारी दिन सार्वजनिक गरेको विज्ञप्तिमा आफ्नो ‘कम ब्याक’ भएकोसमेत उल्लेख गरेका छन् ।

बन्यो ‘जेल पनि सहुँला’को सिक्वेल

गायिका मेलिना राई र गायक बलबहादुर राजवंशीको स्वर रहेको गीत ‘जेल पनि सहुँला’को सिक्वेल ‘जेल पनि सुहँला : मर्नु परे मरौँला’ बिहीबार सार्वजनिक भएको हो ।

पहिलो गीत सार्वजनिक भएको ठीक पाँच वर्ष पूरा भएको अवसरमा यो गीत सार्वजनिक गरिएको हो ।

‘जेल पनि सहुँला’ बाट कलाकार जोडी नायक जीवन भट्टराई र नायिका लक्ष्मी बर्देवा म्युजिक भिडियोमा स्थापित भएका थिए ।

‘जेल पनि सुहँला-२’को भिडियो पहिलो श्र‍ृङ्खलासँग सम्बन्धित छ । अर्थात् यस पनि लक्ष्मी शिक्षिका र जीवन कार्यालय सहयोगीको भूमिकामा छन् ।

अघिल्लो गीतमा उनीहरुको प्रेममा सम्बन्ध स्थापित भएको देखाइएको थियो । यसमा भने उनीहरूले प्रेम सम्बन्धलाई पूर्णता दिन सहर छिरेको देखाइएको छ ।

यस भिडियो निर्देशक लक्ष्मी र जीवन नै हुन् ।

समीक्षा र अनुभवलाई दर्शकको साथ

गायिका समीक्षा अधिकारी नयाँ गीत ‘पान बुट्टे रुमाल’ लिएर दर्शकमाझ् आएकी छन् । ६ दिन अघि सार्वजनिक यो गीत सात लाखभन्दा बढी भ्युजसहित युट्युबको संगीततर्फ ट्रेन्डिङ नम्बर ३ मा छ ।

यो गीतको भिडियोमा नायक अनुभव रेग्मी र समीक्षाले स्क्रिन सेयर गरेका छन् । यो रिल जोडीलाई दर्शकले मन पराएका छन् ।

यो गीत ट्रेन्डिङमा रहे पनि दर्शकलाई सन्तुष्ट पार्न सफल भने भएको छैन । यो गीतलाई धेरै दर्शकले ‘फूलबुट्टे सारी’को कपी भनेका छन् । केहीले युट्युबको कमेन्टमै भनेका छन्, ‘फूलबुट्टे सारी -२ गीत आएछ ।’

यो गीतको लय-संगीत फूल बुटे सारीसँग मिल्दो छ । अर्थात् ‘पानबुट्टे रुमाल’ सुन्दै गर्दा ‘फूलबुट्टे सारी’को सम्झना आउँछ । भिक्टर थापा लेख्छन्, ‘ठ्याक्कै फूलबुट्टे सारीसँग मिल्ने गीत बनाए छन् राजनराज शिवाकोटीले । फूलबुट्टे -२ ।’

तथापि, यी दुवै गीतको लेखक र संगीतकार राजनराज सिवाकोटी हुन् । उनले भने यो गीत फूलबुट्टे सारीको सिक्वेल हो भनि उल्लेख भने गरेका छैनन् ।

यी फिल्मका गीत भए सार्वजनिक

यो साता प्रदर्शनरत फिल्म ‘होस्टल-३’ र चैत २९ बाट प्रदर्शन मिति तोकिएको फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ ।

‘कर्मा’को ‘सारी लगाइदेऊ’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । यस गीतमा सलिना विकको स्वर छ । शब्दरचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वाँरको छ । रत्यौली संस्कृतिमा आधारित रहेर यो गीतको भिडियो बनेका छन् ।

भिडियोमा नायिका उपासना सिंह ठकुरीको नृत्य छ । नायक विपिन कार्की र यस फिल्मका खलनायक मुकुन भुसाललाई पनि भिडियोमा स्थान दिइएको छ ।

फिल्म होस्टल-३ आजबाट तेस्रो सातामा प्रदर्शनरत छ । यस वर्षको हिट फिल्मको सूचीमा यसको नाम परिसकेको छ ।

६ दिनअघि यस फिल्मको गीत ‘रक अन’ युट्युबमा सार्वजनिक गरिएको हो । फिल्मको अन्त्यमा राखिएको यो गीत फिल्मको प्रचार सामाग्रीका रुपमा निर्माण पक्षले सार्वजनिक गरेको हो ।

यस गीतमा ‘होस्टेल ३’का प्रमुख कलाकारहरू पारस बम ‘कुलब्वाई’ र रिहान गिरीको साथमा समीर काजीको स्वर छ भने महेश ज्ञवालीको शब्द तथा सङ्गीत रहेको छ ।

गीतको भिडियोमा होस्टका विद्यार्थीले कार्यक्रम र टुरमा रमाइलो गरिहेको दृश्य समावेश गरिएको छ ।

भिडियोमा पारस, रिहान, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायत फिल्मका कलाकारलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : ५८ बजे

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बीपी स्मृति दिवसमा कांग्रेसबाट ‘ग्रिन रन’ आयोजना

काठमाडौँ– नेपाली कांग्रेसले जननायक तथा नेपालका जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको

एस्टन भिल्ला छाडेका रोजर्सलाई चेल्सीले तिर्‍यो १५ करोड ६५ लाख डलर

काठमाडौँ – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले इंग्ल्यान्डका फरवार्ड मोर्गन