चीनले अमेरिकाबाट ल्याउने मासु, भटमासमा कर नलगाउने | Khabarhub Khabarhub

चीनले अमेरिकाबाट ल्याउने मासु, भटमासमा कर नलगाउने


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन सरकारले अमेरिकाबाट आयता गरिने सामानको कर व्यवस्था हेरफेर गरेको छ । अघिल्लो वर्ष अमेरिकी उत्पादनमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको चीनले प्रमुख कृषि उत्पादनमा थप कर नलगाउने घोषणा गरेको हो ।

चीनले अमेरिकाबाट आयात गर्ने प्रमुख कृषि उत्पादनहर, सुगुँरको मासु र भटमासमा थप कर नलगाउने घोषणा गरेको हो ।

दुई हप्ताअघि बेइजिङले भटमासमा थप पाँच प्रतिशत र सुँगुरको मासुमा १० प्रतिशत महसुल वृद्धि गर्ने निर्णय गरेको थियो। हालैका दिनमा कर लगाउने निर्णय स्थगन गर्दै चीनले १० वटा पानी जहाजभरि भटमाससहित अन्य अमेरिकी कृषि उत्पादन खरिद गरेपछि त्यसलाई दुवै देशहरूले व्यापार तनावमा सहमति कायम गर्ने इच्छा देखाएको सङ्केतका रूपमा लिइएको छ।

चिनियाँ निर्यातविरूद्ध वासिङटनले चालेका कदमप्रति विरोध जनाउँदै बेइजिङले चीन भित्रिने अमेरिकी कृषि उत्पादनमा थप शुल्क लगाउने घोषणा गरेको थियो। अमेरिका र चीनबीचको व्यापार युद्ध विश्व आर्थिक परिवेशलाई अनिश्चित बनाउने एउटा प्रमुख कारण रहँदै आएको छ। पछिल्लो हप्तामा मात्रै दुवै पक्षले अब गर्ने भनिएका वार्तामा प्रगति हुनसक्ने सङ्केत दिने कदमहरू चालेका छन्।

शुरूमा चीनले सीमित सङ्ख्यामा अमेरिकी सामग्रीहरूमा थप कर नलगाउने निर्णय लियो। त्यसपछि राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामग्रीमा घोषणा गरिएका थप शुल्क लगाउने निर्णयको कार्यान्वयन छोटो समयका लागि विलम्ब गरिने बताए।बेइजिङको पछिल्लो कदमले अमेरिकी कृषकहरूलाई फाइदा पुर्‍याउन सक्छ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ८ : ०१ बजे

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्की पोखरा महानगरपालिका–१ को

राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त मन्त्री न्यौपानेको शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

‘चमेलीको पोइ’ चैत १३ मा आउने, मुकुन दोहोरो भूमिकामा हुन् ?

काठमाडौं – नायक मुकुन भुसाल र नायिका सुरक्षा पन्त अभिनीत

एघार आरोप लगाउँदै उपेन्द्रको निष्कर्ष- यो सरकार पूरै असफल भइसक्यो

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी