अदुवाले उचित मूल्य पाएपछि कृषक हर्षित | Khabarhub Khabarhub

अदुवाले उचित मूल्य पाएपछि कृषक हर्षित


२८ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रति मन अदुवाको मूल्य एक हजारदेखि पन्ध्र सय रुपैयाँको हाराहारीमा भएकोमा यस वर्ष बढेर ६ हजार रुपैयाँ पुगेको छ ।

उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि किसान उत्साहित बनेका हुन् । अघिल्लो वर्ष निकासीमा भारतले अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या भएको थियो ।

लगानी नउठेको भन्दै व्यावसायिक खेती गरिरहेका अधिकांश कृषकले यो वर्ष अदुवाखेती गरेका थिएनन् ।

अदुवाको उत्पादनमा ५० प्रतिशतले कमी आएपछि मूल्य भने चार गुणाले बढेको हो । उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाउ राम्रो आएको अदुवा व्यापारी ढकेन्द्र भट्टराईको भनाइ छ ।

फागुन, चैत महीनामा रोपिएको अदुवा अहिले फलिसकेको छ । पहिले रोपिएको अदुवा झिकेर पुनः प्रयोग गर्न सकिने भएकाले यसबाट खासै नोक्सानी बेहोर्नु नपर्ने कृषकको भनाइ छ ।

गाउँका स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । पाँचथर मिक्लाजुङ–२ का कृषक भक्त चुहानले भने, ‘विगतका वर्षमा अदुवाको भाउ नआएपछि कमै कृषकले मात्रै अदुवा रोपेका थिए, तर उत्पादन भएको हुँदा र भारत निकासीमा सहज भएकााले होला गत वर्षभन्दा चार गुणा बढी भाउ आयो, अत्यन्तै हर्षित छौँ ।’

विगत वर्षदेखि नै पाँचथरको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । अदुवाबाट मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पुलगायत बनाउन सकिन्छ । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटामा व्यावसायिक अदुवाखेती हुने गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७६, शनिबार  ८ : ५५ बजे

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको